काठमाण्डौंः पाठ्यक्रम विकास केन्द्रले विषय समितिका विज्ञसँग छलफल गरी तत्कालका लागि ८ सय १६ घण्टा पढाउने गरी प्रतिवेदन तयार गरिरहेको छ । पाठ्यक्रम विकास केन्द्रले ७० प्रतिशत कोर्स पढाउने गरी हप्ताको २३ घण्टाको दरले ८ सय १६ घण्टा पढाउने गरी प्रतिवेदन तयार गरिरहेको छ ।
चालू शैक्षिक सत्रमा १ सय ५४ दिन अर्थात् ८ सय १६ घण्टा पढाउनुपर्ने भएको छ । कोभिड-१९ का कारण विद्यालय खुल्न नसकेपछि करिब ३० प्रतिशत पाठ्यवस्तु समायोजन गरी वैकल्पिक विधिबाट ८ सय १६ घण्टा पढाउनुपर्ने भएको हो । ‘सामान्य अवस्था रहेमा विद्यालयले १ सय ९२ दिन अर्थात् १ हजार २४ घण्टाको पाठ्यभारअनुसार पढाउने व्यवस्था थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया