बैसाख १७, २०८३ बिहिबार April 30, 2026

भारतमा एकैदिन ८४ हजार कोरोना संक्रमित थपिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अत्यधिक बृद्धि भएको छ । पछिल्लो विवरण अनुसार एकैदिनमा झण्डै ८४ हजार जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएका छन् ।

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८३ हजार ८८३ जना सङ्क्रमित भेटिएका छन् । यो संंख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुको भनाई छ ।

पछिल्लो थप सङ्क्रमितहरुसँगै भारतमा कुल सङ्क्रमितहरुको संख्या ३८ लाखभन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाभाइरसकै कारण अहिलेसम्म ६७ हजार ३७६ जनाको मृत्यु भएको छ । तीमध्ये एक हजार ४३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार कुल सङ्क्रमित ३८ लाख ५३ हजार ४०७ जना रहेकोमा २९ लाख ७० हजार ४९३ जना सङ्क्रमणमुक्त भइसकेका छन् । त्यस बाहेक आठ लाख १५ हजार ५३८ जना भने अझै पनि सङ्क्रमित अवस्थामै रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

कोरोनाभाइरसको सङ्क्रमणको प्रभाव भारतका प्रदेशहरु मध्ये सबैभन्दा धेरै महाराष्ट्रमा देखिएको छ । त्यस प्रदेशमा अहिलेसम्म दुई लाख दई हजार ४८ जना सङ्क्रमित भेटिएका छन् । भारतमा देशभरी एकैदिनमा ११ लाख ७२ हजार १७९ जनाको कोरोना परीक्षणका लागि स्वाब संंकलन गरिएको छ । भारतमा अहिलेसम्म साढे चार करोडभन्दा बढीको कोरोना परीक्षण गरिएको छ ।-एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुपान्तरणकारी बजेट ल्याइने अर्थमन्त्री वाग्लेको दाबी
२०८३ बैसाख १७, बिहिबार
शिक्षामन्त्री पौडेल र फिनल्यान्डका राजदूत पुहाक्काबीच भेटवार्ता
२०८३ बैसाख १७, बिहिबार
त्रिभुवन विश्वविद्यालयका तीनजना पदाधिकारीहरुले दिए राजीनामा
२०८३ बैसाख १७, बिहिबार
सजाय कटौतीले सुकीको नजरबन्द छोटिन सक्ने सङ्केत
२०८३ बैसाख १७, बिहिबार
आज पनि घट्यो नेप्से परिसूचक
२०८३ बैसाख १७, बिहिबार
राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी
२०८३ बैसाख १७, बिहिबार
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश
२०८३ बैसाख १७, बिहिबार