श्रावण ११, २०८३ सोमबार July 27, 2026

मिस युनिभर्स नेपाल २०२५ को फिनाले आज हुँदै, १४ जनाले गर्दैछन् प्रतिस्पर्धा

ग्लोबल ग्ल्यामर भेन्चरको आयोजना हुँदै आएको मिस युनिभर्स नेपालको फिनालेको तयारी पुर्णरुपमा सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । विश्वव्यापी चर्चित व्यूटी पेजेन्ट ‘मिस युनिभर्स’को नेपाल फ्रेन्चाइज ‘मिस युनिभर्स नेपाल २०२५’को फिनाले आज हुने भएको छ।

काठमाडौंको रोएल टुलिप होटलमा दिउँसो ४ बजेदेखी सुरु हुने फिनालेमा १४ जना सुन्दरीले प्रतिस्पर्धा गर्दैछन्। प्रतिस्पर्धामा सन्या अधिकारी, प्रतिक्षा अधिकारी, निर्जला न्यौपाने, ईशा राई, आरोही बस्नेत, लिसा बर्नावल, सुयसा सिंहराज, सिखा पराजुली, सरस्वती राई, वर्षा कंडेल, ज्योति थापा, अलिना एरी, एन्जल डंगोल र सोनालिसा ढुंगाना रहेका छन्।

ग्लोबल ग्ल्यामर भेन्चरको आयोजना हुँदै आएको मिस युनिभर्स नेपालको फिनालेको तयारी पुर्णरुपमा सकिएको राष्ट्रिय निर्देशक संगीता पुरीले जानकारी दिइन्। पुरीका अनुसार गतबर्ष भन्दा यसबर्ष युवतीहरुको सहभागीता राम्रो थियो। साथै फाइनलिस्टहरु १४ जनानै उत्तिकै प्रतिभाशाली रहेको उनको भनाई छ।

यसअघि नै निर्देशक पुरीले मिस युनिभर्स नेपालका लागी धेरै मापदण्डहरु खुकुलो पारेको जानकारी दिएकी थिइन्। कुनै उचाई, तौल, बर्गको आधारमा मापदण्ड नराखिएको जानकारी दिएकी थिइन्। सोहि अनुरुप अहिले बिभिन्न उचाई तथा बिभिन्न पेशा गरिरहेका महिलाहरुको सहभागीता रहेको छ। उनले भनेकी छिन्, ‘मैले भन्दै आएकी छु, यो सम्पूर्ण ब्रह्माण्डमा नेपाली महिलाहरूको असीम क्षमता उजागर गर्ने प्लेटफर्म हो।  तपाईं जस्तो हुनुहुन्छ, त्यही नै तपाईंको सौन्दर्यता हो।’

यसबर्षबाट मिस युनिभर्स नेपाल रियालिटी शोको रुपमा पनि रहेको थियो। युट्युवमा सार्वजनिक रियालिटी शोको बिभिन्न ६ एपिसोडमा प्रतिस्पर्धीहरुले कल्चरल फोटोसुट, किचेन च्यालेन्ज, रनवे च्यालेन्ज लगायतमा प्रतिस्पर्धा गरिएको मिस युनिर्भ नेपालकी अध्यक्ष साबी पुरीले जानकारी दिइन्। पेजेन्टको कोरियोग्राफरको रुपमा दिक्पाल कार्की रहेका छन्। पेजेन्टको कोरियोग्राफरको रुपमा दिक्पाल कार्की रहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेल र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेटवार्ता
२०८३ श्रावण ११, सोमबार
सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय
२०८३ श्रावण ११, सोमबार
‘गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
२०८३ श्रावण ११, सोमबार
एमालेका नेता बास्कोटाले मागे गृहमन्त्री सुधन गुरुङको राजीनामा
२०८३ श्रावण ११, सोमबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई १८ महिनाको जेल सजाय
२०८३ श्रावण ११, सोमबार
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
२०८३ श्रावण ११, सोमबार
जब अभिनेत्रीलाई आफ्नै श्रीमानले निर्देशकहरूसँग सुत्न दबाब दिए…
२०८३ श्रावण ११, सोमबार