श्रावण १९, २०८३ मंगलबार August 4, 2026

नेपालमा डेंगु संक्रमणदर ह्वात्तै बढ्यो

डेंगु सार्ने प्रजातिकै लामखुट्टेको टोकाइबाट हुने जापनिज इन्सेफलाइटिस (जेइ)बाट मृत्यु हुनेको संख्या पनि २९ पुगे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, १० असोज । नेपालमा डेंगु संक्रमणदर ह्वात्तै बढेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभाग (इडिसिडी)का अनुसार ९ असोजसम्म पाँच हजार २३ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, हालसम्म डेंगु संक्रमणबाट यस वर्ष दुईजनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ४० जनामा संक्रमण पुष्टि भएको छ भने एक सातायता २८१ जनामा डेंगु पुष्टि भएको इडिसिडीको तथ्यांक छ ।

७५ जिल्लामा फैलिएको डेंगु संक्रमण भदौ र असोजमा बढी फैलने डर हुने भएकाले यी दुई महिनामा डेंगु सार्ने लामखुट्टेबाट बढी सजग हुन चिकित्कले अनुरोध गरेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले डेंगु संक्रमणदर पछिल्लो दुई महिनामा बढे पनि जाडोयाम सुरु भएसँगै क्रमशः घट्दै जाने बताए ।

डेंगु सार्ने प्रजातिकै लामखुट्टेको टोकाइबाट हुने जापनिज इन्सेफलाइटिस (जेइ)बाट मृत्यु हुनेको संख्या पनि २९ पुगेको छ । यो गत वैशाखयताको तथ्यांक हो । स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका अनुसार हालसम्म १५१ जिल्लामा जापनिज इन्सेफलाइटिस पुष्टि भएको छ भने २९ जना अर्थात् १९ प्रतिशतको मृत्यु भएको हो ।

परिवार कल्याण महाशाखाका डा. अभियान गौतमका अनुसार हालसम्म जापनिज इन्सेफलाइटिस संक्रमण ४१ जिल्लाका १०४ स्थानीय तहमा देखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार