मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

नेपालले वेस्ट इन्डिजलाई दियो १४९ को लक्ष्य

अन्तिममा सन्दीप जोराले ६ बलमा अविजित रहँदै ९ रन बनाए भने करण केसी पहिलो बलमै शून्यमा आउट भए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । शारजाहमा जारी ऐतिहासिक ट-२० शृंखलाको पहिलो खेलमा नेपालले विश्वविजेता वेस्ट इन्डिजलाई जितका लागि १४९ रनको चुनौती प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन बनायो। नेपाललाई सस्तैमा समेट्ने क्रममा वेस्ट इन्डिजका अनुभवी अलराउन्डर जेसन होल्डरले घातक बलिङ गर्दै सर्वाधिक ४ विकेट लिए।

नेपालको सुरुवात भने निकै खराब रह्यो। पावरप्ले भित्रै नेपालले १२ रन बनाउँदा आफ्ना दुवै ओपनर कुशल भुर्तेल (६) र आसिफ शेख (३) लाई गुमाएको थियो।

सुरुवाती संकटमा परेको नेपालको इनिङ्सलाई तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले ५९ रनको महत्वपूर्ण साझेदारी गर्दै उकासेका थिए।

कुशल मल्लले २१ बलमा २ चौका र २ छक्कासहित ३० रनको विस्फोटक पारी खेले। कप्तान पौडेलले ३५ बलमा ३ चौका र १ छक्कासहित टोलीका लागि सर्वाधिक ३८ रन बनाए।

त्यसपछि आएका ब्याट्सम्यानहरूले पनि राम्रो सुरुवातलाई ठूलो स्कोरमा बदल्न सकेनन्। गुलशन झाले १६ बलमा २२ रन जोडे भने दीपेन्द्रसिंह ऐरीले १९ बलमा १७ रन बनाए।

अन्तिममा सन्दीप जोराले ६ बलमा अविजित रहँदै ९ रन बनाए भने करण केसी पहिलो बलमै शून्यमा आउट भए।

वेस्ट इन्डिजका लागि बलिङमा जेसन होल्डर नायक बने। उनले आफ्नो ४ ओभरमा मात्र १८ रन खर्चेर ४ महत्वपूर्ण विकेट लिए। त्यस्तै, नविन बिदाइसीले ३ विकेट लिँदा कप्तान अकिल होसेनले १ विकेट हात पारे। अब वेस्ट इन्डिजले केहीबेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार