श्रावण १०, २०८३ आइतबार July 26, 2026

चलचित्र ‘मैझारो’मा समावेश गीत ‘तिमीलाई के थाहा सानु’ युटुब च्यानलबाट रिलिज

कार्तिक ७ गतेबाट अल नेपाल रिलिज हुन लागेको यो फिल्मको निर्माण कम्पनी तक्मे प्रोडक्सन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । फिल्म ‘मैझारो’मा समावेश गीत ‘तिमीलाई के थाहा सानु’रिलिज भएको छ। निर्माण पक्षले बडादसैंको फुलपातीको अवसर पारेर फिल्मको उक्त गीत ओएसआरको युटुब च्यानलबाट रिलिज गरेको हो।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार धिरज मगर र मिरुना मगरलाई अभिनय गराइएको छ। जहाँ मिरुना र धिरज प्रेमिल जोडीका रुपमा प्रस्तुत छन्। लभ सङ गीतमा फिल्मको कथा अनुसार नै मिलाइएको निर्माण पक्षको भनाई छ। यो गीत रिलिज भएसँगै दर्शकले उत्कृष्ट प्रतिक्रिया दिन थालेका छन्।

हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा)को डेब्यु निर्देशकिय फिल्म हो। फिल्मको रिलिज पहिलो गीतबाट नै फिल्मले हाइप लिन थालिसकेको छ। फिल्मको पोस्टर र टिजरले एक किसिमको दर्शकमाझ कौतुहलता जगाइसकेको थियो।

फिल्मको गीत नै रिलिज भइसकेपछि दर्शकको मनोभाव यो फिल्मप्रति देखिन थालेको छ। गीतमा अनमोल गुरुङ र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ भने शब्स संगीत गायक अनमोलकै छ। गीतको एरेन्ज भने रिकेश गुरुङको छ।

मौलिक प्रेम कथामा आधारित यो फिल्ममा फिल्ममा धिरज,मिरुनाका साथमा दिया पुन,बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय समावेश छ।

‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भएको यो फिल्मका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईले संगीत भरेका छन्। गायनमा राजेशपायल राई, झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतको रहेको छ।

सौरभ लामाले छायांकन गरेका फिल्मको वितरण आरआर फिल्मले गर्दैछ र डिजिटल अधिकार ओएसआरले लिएको छ।

कार्तिक ७ गतेबाट अल नेपाल रिलिज हुन लागेको यो फिल्मको निर्माण कम्पनी तक्मे प्रोडक्सन हो।

भिडियोमा हेर्नुहोस्

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
२०८३ श्रावण ९, शनिबार
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल
२०८३ श्रावण ९, शनिबार
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
२०८३ श्रावण ९, शनिबार
डा. गोविन्द केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ श्रावण ९, शनिबार
कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने
२०८३ श्रावण ९, शनिबार
सात लाख बढी घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
२०८३ श्रावण ९, शनिबार
समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव
२०८३ श्रावण ९, शनिबार