श्रावण १९, २०८३ मंगलबार August 4, 2026

तनहुँमा सङ्क्रमणजन्य रोगका बिरामीहरू बढ्दै

सङ्क्रमणजन्य रोगका बिरामीहरू एकाएक बढेपछि अस्पतालमा उपचारका लागि आउनेको सङ्ख्या दैनिक ५०० हाराहारी पुगे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, १३ असोज । चाडपर्व नजिकिँदै गर्दा तनहुँको सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीमा बिरामीको चाप ह्वात्तै बढेको छ ।

मौसमी रुघाखोकी, ज्वरो, टाइफाइड र निमोनिया लगायतका सङ्क्रमणजन्य रोगका बिरामीहरू एकाएक बढेपछि अस्पतालमा उपचारका लागि आउनेको सङ्ख्या दैनिक ५०० हाराहारी पुगेको अस्पताल प्रशासनले जनाएको छ ।

मेडिकल सुपरिटेन्डेन्ट डा. परिवर्तन बरालका अनुसार हाल उपचारका लागि आउनेमध्ये धेरैजसो बिरामी रुघाखोकी र भाइरल ज्वरोका हुन् । “सङ्क्रमणजन्य रोग भएकाले यसले एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्छ, त्यसैले सावधानी अपनाउनुपर्छ,’ उहाँले भन्नुभयो । उहाँले घरमै आइसोलेसन बस्न, खानपानमा ध्यान दिन र भीडभाडमा कम जान सुझाव दिनुभयो ।

अस्पतालका चिकित्सकका अनुसार बालबालिकामा निमोनियाको समस्या बढेको छ भने युवा तथा वृद्धहरूमा भाइरल ज्वरोको प्रकोप देखिएको छ। सामान्य रुघाखोकी निको हुन एकदेखि दुई हप्तासम्म लाग्ने भएकाले धैर्य गर्नुपर्ने उनीहरूको भनाइ छ ।

अस्पताल प्रशासन शाखाका प्रमुख दिनेश पण्डितका अनुसार पहिले दैनिक ३५० जना बिरामी आउँथे भने हाल १५० बढी भएर झण्डै ५०० पुगेका छन् ।  “चाडपर्वको मौसमसँगै बिरामीको चाप अस्वाभाविक रूपमा बढेको छ,“ पण्डितले बताउनुभयो ।

दसैं र तिहार जस्तो ठुलो पर्वमा बिरामी भएर अस्पताल धाउनुपर्दा स्थानीयलाई निकै पीडादायी भएको छ। व्यास नगरपालिका–१४, केशवटारकी पार्वती मगरले भन्नुभयो, “छोरो बिरामी भएर अस्पतालमै भर्ना गर्नुपर्दा यसपालि पर्वको मजा नै हराएको छ ।’’ स्वास्थ्यकर्मीहरूले चाडपर्वको भीडभाडका बेला थप सतर्कता अपनाउन आग्रह गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार