श्रावण १९, २०८३ मंगलबार August 4, 2026

हुँदैन मासुजन्य पशुपन्छीको परीक्षण

व्यवस्थित बधशाला नहुँदा निगरानी गर्न कठिन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ढोरपाटन (बागलुङ) । बागलुङमा हरेक वर्ष चाडपर्वका अवसरमा ठूलो परिमाणमा मासुका लागि पशुपन्छी भित्रिने गर्छन्।

यहाँ भारतबाट आउने ब्रोलइर कुखुरा र हिमाली क्षेत्रबाट ल्याइने भेडाच्याङ्ग्रा ल्याउने गरिएको छ, तर तिको परीक्षण गर्ने कुनै संयन्त्र छैन। जिल्ला प्रवेशद्वार मालढुङ्गामा प्रहरीले सामान्य सोधपुछ गरे पनि परीक्षणका का मभने हुँदैनन्। मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका मासुजन्य पशुपन्छीको परीक्षण नहुँदा गुणस्तरहीन मासु उपभोग गर्नुपर्ने बाध्यता रहेको भन्दै स्थानीयले गुनासो गर्ने गरेका छन्।

बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख मित्रलाल सापकोटा पशु स्वस्थ भएको प्रमाणित गर्ने काम भेटेरीनरी अस्पताल एवं पशु सेवा विज्ञ केन्द्रको भएकाले यसमा ध्यान दिनुपर्ने बताउँछन्। एक जिल्लाबाट अर्को जिल्लामा पशुपन्छी ढुवानी गर्दा भेटेरीनरी अस्पतालले दिएको प्रमाण लिएर मात्रै ढुवानी गर्नुपर्ने उनको भनाइ छ।

नगरपालिकाले भने मासु पसलको अनुगमन गर्ने गरेको सापकोटाले बताए। हाल ‘पिपिआर’लगायत महामारीको समस्या नभएकाले पनि जिल्लामा भित्रिएका भेडाच्याङ्ग्रा स्वस्थ्य रहेको आफूहरूको विश्वास रहेको उनको भनाइ छ।

नगरपालिकाले मासु पसलको अनुगमन र निगरानी बढाएको छ। स्वस्थ मासु उपभोगका लागि उपभोक्तालाई पनि सचेत गराउने काम गरिरहेका छौँ। बाहिरबाट आउने पशुपन्छीले प्रमाणपत्र लिएरै आउने भएकाले स्वस्थ नै आएका छन् भन्ने हाम्रो विश्वास हो,’ सापोकाटाले भने, भेडाच्याङ्ग्रामा महामारीको समस्या छैन, मुस्ताङबाट भित्रिने भेडाच्याङ्ग्रा मुस्ताङमै परीक्षण भएर आउँछन्, लामो समय हिँडेका कारण केही सामान्य समस्या देखिन सक्छन् त्यसमा उपभोक्ता पनि सचेत हुन जरुरी छ

भेटेरीनरी अस्पताल एवं पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले व्यवस्थित बधशाला नहुँदा निगरानी गर्न कठिन भइरहेको बता। जिल्लामा १५० भन्दाबढी मासु पसल भएकाले अनुगमनमा पनि समस्या भएको उको भनाइ छ परीक्षणका लागि आवश्यक उपकरण नहुँदा हालसम्म कुनै पनि मासुजन्य पशुपन्छीको परीक्षण नभएको सापकोटाले बताए। बागलुङबाट बाहिर लिने पशुपन्छीको हकमा भने परीक्षण गरेर प्रमाणपत्र जारी गर्ने गरेको उले बताए।

उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले यो विषयमा नगरपालिका, प्रशासन र भेटेरिनरी अस्पतालको ध्यानाकर्षण गराएको बताए। पशुपन्छी बध गर्नुभन्दा पहिले अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गर्नका लागि उपभोक्ता मञ्चले जोडका साथ आवाज उठाएको उको भनाइ छ

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार