कार्तिक २९, २०८३ आइतबार November 15, 2026

पाथीभरा माताको दर्शन गर्दै थाहा पाउनुहोस् आजको राशिफल

मेषलाई आज परिवार र आफन्तको सहयोगले काम गर्न सहज हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

आज वि.सं. २०८२ साल आश्विन १५ गते, बुधबार तदनुसार ईस्वी सन् २०२५ अक्टोबर १ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायन, शरद ऋतु, श्रीशाके १९४७, आश्वि शुक्ल पक्ष नवमी तिथि,– नवमी, दिउँसो २ः३३ मिनेटपछि दशमी, उत्तराषाढा नक्षत्र, अहोरात्र, आनन्दादि – वज्र योग, चन्द्र राशि

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको पञ्चाङ्ग अनुसार यात्रा, खानपान र मनोरञ्जनमा समय खर्च हुनेछ। छोटो दूरीको धार्मिक वा शैक्षिक यात्रा सम्भावित छ। सानो लगानीमै व्यापार फस्टाउने र दैनिक उपभोग्य तथा औषधीजन्य कारोबारमा वृद्धि हुने देखिन्छ। प्रेम सम्बन्ध प्रगाढ भई पारिवारिक सहयोग पाइनेछ। सामाजिक, धार्मिक र व्यावसायिक क्षेत्रमा अड्केका काम बन्ने, स्वास्थ्य सबल रहने र परोपकारी काममा रुचि बढ्ने योग छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नसोचेको धन वा सम्पत्ति प्राप्त हुने योग छ। माया–प्रेममा नजिकिन र आफन्तबाट सहयोग पाउन सकिनेछ भने लामो दूरीको यात्राको सम्भावना छ। उपभोग्य तथा औषधीजन्य व्यापारमा वृद्धि भए पनि सवारीसाधन प्रयोग गर्दा सावधानी आवश्यक छ। स्वास्थ्यमा समस्या देखिन सक्छ र शत्रु सक्रिय रहनेछन्। मध्याह्नपछि अवस्था सुधार भई नयाँ काम गर्ने अवसर मिल्नेछ, नेतृत्व र दिगो फाइदा हातलागी हुने संकेत छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज पुराना रोग र ऋणबाट मुक्ति पाउँदै नयाँ कामको अवसर मिल्नेछ। उपभोग्य र औषधीजन्य व्यापारमा लगानी लाभदायी हुनेछ। आफन्त र मावली पक्षको सहयोग पाइनेछ भने आलोचकहरू पनि प्रशंसा गर्नेछन्। साथीहरूको सहयोगले रोकिएका काम अघि बढ्नेछन्। प्रतिस्पर्धा भए पनि मध्याह्नपछि मिहिनेतको उचित फल पाइनेछ। आयस्रोत बढ्ने, व्यापारमा फड्को मार्ने र सञ्चय गर्ने अवसर छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज पुराना रोग र ऋणबाट मुक्ति पाई नयाँ कामको अवसर मिल्नेछ। उपभोग्य र औषधीजन्य व्यापारमा लगानी लाभदायी हुनेछ र परिवारका आवश्यकता पूरा गर्न सकिनेछ। आफन्त र मावली पक्षको सहयोग पाइनेछ भने आलोचकले पनि प्रशंसा गर्नेछन्। साथीहरूको सहयोगले काम अघि बढ्नेछ। मध्याह्नपछि मिहिनेतको उचित फल पाइनेछ, आयस्रोत बढ्नेछ, व्यापारमा फड्को मार्ने र सञ्चय गर्ने अवसर छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज काममा ध्यान केन्द्रित गर्दा इच्छाअनुसार सफलता मिल्नेछ। आफन्त र गुरुजनको सुझाव सम्मानपूर्वक स्वीकार्दा फाइदा हुनेछ। मनपर्ने व्यक्तिबाट उपहार वा भौतिक सम्पत्ति प्राप्त हुन सक्छ। प्रेममा सामीप्यता बढ्नेछ र सन्तानसँग रमाइलो यात्रा सम्भावित छ। व्यापारमा लगानी लाभदायी हुनेछ। बिहानको समय अनुकूल, मध्याह्नपछि नयाँ कामको सुरुवात र मिहिनेतले दिगो लाभ दिलाउनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज राजनीति र समाजसेवामा सक्रिय हुनेहरूले सर्वसाधारणसँग सन्तुलित व्यवहार गर्नुपर्छ, अन्यथा मान–सम्मानमा असर पर्न सक्छ। आमा वा आमा सरहका व्यक्तिसँग टाढाको यात्रा गर्दा मन विचलित हुन सक्छ। तर कृषि र पशुपालन व्यवसाय फस्टाउनेछ। कार्यक्षेत्रमा लगनशीलताले फल दिनेछ, नोकरीमा पदोन्नति र सामाजिक लोकप्रियता बढ्नेछ। व्यापार पारदर्शी राख्नुपर्छ। मिहिनेतले प्रतिष्ठित काम, अध्ययन र दिगो उपलब्धि दिलाउने समय छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज पुराना समस्याहरूलाई समय दिएर समाधान गर्न सकिनेछ। उपभोग्य र औषधीजन्य व्यापार फस्टाउनेछ। छोटो तथा रमाइलो यात्रामा साथीहरू भेटिनेछन्। प्रणय सम्बन्ध सुधार हुने र दाजुभाइको सहयोगले राम्रो परिणाम आउनेछ। धैर्य र बुद्धिको प्रयोगले नयाँ कार्य सफल हुनेछ। छोटो समयमा उपलब्धि हात पार्ने मौका छ। मध्याह्नपछि साथीभाइसँग सन्तुलित व्यवहार आवश्यक हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज परिवार र आफन्तको सहयोगले काम गर्न सहज हुनेछ। थोरै बोलेर मनग्य धन आर्जन सम्भव छ भने बोलिको प्रभावले महत्वपूर्ण निर्णय गर्न सकिनेछ। प्रेममा विश्वास बढ्नेछ र जीवनसाथीसँग नयाँ काम सुरु गर्न सकिनेछ। उपभोग्य तथा औषधीजन्य व्यापार फस्टाउनेछ। कलात्मक क्षेत्रमा प्रगति, वैदेशिक यात्रामा सफलता, उद्योग–व्यापारमा विशेष फाइदा, रोकिएका काम बन्ने र साथीभाइको सहयोगले मन प्रसन्न हुने समय छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज स्रोत साधन सही रूपमा प्रयोग गर्दा आम्दानी बढ्नेछ। समयमा निर्णय लिनुले मान–सम्मान बढ्नेछ। प्रेममा आत्मीयता बढ्ने र साथीभाइसँग रमाइलो समय बित्ने अवसर मिल्नेछ। यात्रा र मनोरञ्जनमा समय खर्च हुनेछ। व्यापारमा नयाँ निर्णय लिन अनुकूल समय छ। कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी, समाजमा प्रतिष्ठा बढ्ने र मध्याह्नपछि नयाँ काम प्रारम्भ हुने संकेत छ। बोलीको प्रभावले आर्थिक फाइदा र अध्ययनमा प्रगति पनि हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज परिवार तथा आफन्तसँग भेटघाट गर्दा खानपानमा ध्यान दिनुहोस्, सामान्य स्वास्थ्य समस्या देखिन सक्छ। पढाइ–लेखाइमा पनि सावधानी आवश्यक छ। व्यापारमा लगानी भए पनि प्रतिफल न्यून आउन सक्छ। तर यात्रा, मनोरञ्जन र पारिवारिक मिलनमा समय बित्नेछ। कार्यक्षेत्रमा तनाव बढ्न सक्छ, तर ईमानदार मेहनतले पछिसम्म फाइदा हुनेछ। सहयोगीहरूको साथ, नयाँ कामको प्रस्ताव र स्वादिष्ट खानपानको आनन्द पनि मिल्ने दिन हो।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज लाभ स्थानमा गोचर गर्ने चन्द्रमाले औषधीजन्य तथा उपभोग्य व्यापारबाट मनग्य नाफा दिलाउनेछ। प्राकृतिक स्रोत–साधनको प्रयोग र पैत्रिक सम्पत्ति प्राप्त हुने योग छ। प्रतिस्पर्धीलाई पछाडि पार्दै नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ। प्रेममा सामीप्यता बढ्नेछ। यात्रा, खानपान र मनोरञ्जनमा समय बित्नेछ। व्यापार र आयआर्जन बलियो रहनेछ। मिहिनेतले आम्दानीका नयाँ स्रोत खोल्नेछ भने खर्चिलो कामका लागि केही दौडधुप र रकम जुटाउनु पर्ने हुन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज सम्मानित काम सम्पन्न हुने योग छ। उपभोग्य र औषधीजन्य व्यापारबाट सोचेभन्दा बढी आम्दानी हुनेछ, जसले नयाँ क्षेत्रमा लगानी गर्न प्रेरित गर्नेछ। अध्ययन तथा अनुसन्धानमा सहकर्मीको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर र दाम्पत्य जीवन रमाइलो रहनेछ। राजनीतिक प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा पिताको सहयोगले काम अघि बढ्नेछ। साथीभाइको सहयोग र मेहनतले आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। रोकिएको लाभांश मध्याह्नपछि हात लाग्नेछ। आकस्मिक समस्या र सरसापटमा खर्च हुन सक्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २९, आइतबार
सुशासन र समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवान्को कृपा बनिरहनेछः राष्ट्रपति पौडेल
२०८३ कार्तिक २९, आइतबार