मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

खत्रीको १०औँ पटक ठेलो फाल्ने प्रतियोगितामा जित

१०औँ पटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिताको उपाधि जितेर इतिहास रच्दै वडाअध्यक्ष

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

म्याग्दी, १५ असोजः ऐतिहासिक ताकमकोतमा यस वर्षको परम्परागत ठेलो फाल्ने प्रतियोगिताको उपाधि धवलागिरि गाउँपालिका–७ का ३५ वर्षीय अशोक खत्रीले जित्नुुभएको छ । सोही वडाका अध्यक्षसमेत रहेका खत्रीले १०औँ पटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिताको उपाधि जितेर इतिहास रच्नुभएको हो ।

आठ दशमलव पाँच किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागीमध्ये सबैभन्दा टाढा फालेका खत्रीलाई ‘माल’ घोषणा गरिएको थियो । खत्रीबाहेक हालसम्म १० पटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता कसैले पनि नजितेका कोतपुजा व्यवस्थापन समितिका सदस्य तेजिन्द्रबहादुर थापाले बताउनुभयो ।

“प्रतियोगितामा ताकम र आसपासका गाउँका २० युवाहरुले सहभागिता जनाएका थिए”, थापाले भन्नुुभयो, “पश्चिम म्याग्दीको महत्वपूर्ण शक्तिपीठ मानिने ताकमकोतको ठेलो प्रतियोगितामा विजयी हुनेलाई यस क्षेत्रमा माल भनेर सम्मान गरिन्छ ।”

विसं २०७१ देखि २०७७ सम्म लगातार सातपटक उपाधि जितेका खत्रीले २०७८ मा सहभागिता जनाउनुुभएको थिएन । विसं २०७९ मा मालिका गाउँपालिका–१ निस्कोटका याम परियारसँग पराजित हनुुभएको थियो । निरन्तरको अभ्यास, शारीरिक व्यायाम र स्वच्छ खानपानले उपाधि जिताउन सहयोग गरेको खत्रीले बताउनुभयो ।

“विसं २०७८ मा आमाको निधन भएको र २०७९ मा जनप्रतिनिधिका रुपमा काम गर्दा तयारी नपुुगेर सफल भएको थिइन”, उहाँले भन्नुुभयो, “विगतको मेरो रेकर्ड तोड्ने कोही पनि प्रतिस्पर्धी नदेखेपछि अन्तिममा प्रतिस्पर्धामा उत्रिएको थिए, एकै पटकमा अरूले भन्दा टाढा ठेलो फाले, सोख पूरा भएकामा खुुसी छुु ।”

मालको सम्मानले समाजमा स्थापित गराउन र निर्वाचनमा उम्मेदवार बनेर चुनाव जित्न सजिलो भएको खत्रीको अनुुभव छ । भलिबल र बास्केटबलका खेलाडीसमेत रहेका स्नातक तहको शिक्षा हासिल गरेका खत्री नेकपा (माओवादी केन्द्र)को धवलागिरि गाउँपालिका कमिटीको उपाध्यक्ष पनि हुुनुहुन्छ । जनप्रतिनिधिको जिम्मेवारी पूरा गरेपछि खेल प्रशिक्षक बन्ने खत्रीको लक्ष्य छ ।

खत्रीलाई गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुुर जुुग्जाली, गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुुनलगायतले फेता गुटाएर सम्मान गर्नुुभएको थियो । स्थानीयहरुले खत्रीलाई काँधमा बोकेर बाजागाजासहित गाउँ परिक्रमा गराएका थिए ।

महानवमी पर्वका अवसरमा परम्परागत चलनअनुसार ताकमकोतमा मच्छिमका छन्त्याल र काफलडाँडाका मगर समुदायले पुुख्र्यौली नाच र हिलापोखरीका कलाकारले नौमती बाजा प्रस्तुत गरेका थिए । ताकमकोतमा महानवमी पर्वका अवसरमा पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार