श्रावण १९, २०८३ मंगलबार August 4, 2026

दशैंमा मासु कति खाने ?

मासुमा उच्च प्रोटिन हुने भएकाले पेट र कलेजोले राम्रोसँग काम गर्न सक्दैन ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । दशैं भन्नेबित्तिकै विभिन्न प्रकारका परम्परागत खाना झल्को आउँछ मासुका परिकार, सेलरोटी र लड्डु जस्ता मिठाईहरू घरघरमा पाक्छन् । मासुका परिकार अत्याधिक खपत हुने दशैंमा खानपानमा सावधानी अपनाउन नसक्दा समस्याहरु आउन सक्छन् । त्यसमा पनि मासु खादा विचार पुर्याउनै पर्ने हुन्छ ।

विश्व स्वास्थ्य संगठनले प्रतिदिन स्वस्थ आहारका लागि वयस्कहरूले प्रतिछाक लगभग ६० देखि ७० ग्राम मासु मात्र उपभोग गर्न सिफारिस गरेको छ । तर दशैंको समयमा मानिसहरूले २०० देखि ४०० ग्रामसम्म प्रतिदिन मासु उपभोग गरिरहेका हुन्छन । दशैंको समयमा मासु सजग भएर खाने हो भने बढीमा ८० ग्रामसम्म मासु खान उपयुक्त हुन्छ । मासुसँगै फाइबर खाएमा मासु पच्न सघाउ हुन्छ । मासुको मात्रा घटाउन फाइबरयुक्त फलफूल र सलादपछि मात्र मासु सेवन गर्नु उचित हुन्छ । यसरी खाँदा प्रोटिन सन्तुलित मात्रामा शरीरले पाउँछ । शरीरको फ्याट र कोलेस्टेरोललाई भार पुग्दैन ।

अत्यधिक मात्रामा मासु खाँदा हुनसक्ने जोखिम ?

अत्यधिक मासुको सेवनले यसै पनि पाचनप्रक्रियामा भार पर्छ । किनकि बिहान खाएको खाना नपच्दै पेटमा अर्को खानेकुरा पुग्दा पाचनप्रक्रियामा समस्या भइरहेको हुन्छ । मासुमा उच्च प्रोटिन हुने भएकाले पेट र कलेजोले राम्रोसँग काम गर्न सक्दैन ।

त्यसमा पनि रातो मासु धेरै खाँदा पेट फुल्ने, अपच हुने, कब्जियत हुने जस्ता सामान्यदेखि दीर्घकालीन रूपमा कोलेस्टेरोल, रक्तचापमा वृद्धिको जोखिम बढाउन सक्छ । कलेजोले मासु पचाउने काम गर्छ । समयको अन्तर नै नराखी खाँदा कलेजोलाई सक्रिय भई काम गर्नुपर्छ ।

सजिलो गरी बुझ्दा मासु पच्न समय लाग्ने होइन, बोसो पच्न समय लाग्ने हो । कार्बोहाइड्रेट, फाइबरयुक्त खाना खाएको केही घण्टामा पच्ने गर्छ भने मासुमा भएको बोसो पचाउन कलेजोबाट एउटा छुटै पित्त सानो आन्द्रामा आएपछि मात्र पच्छ ।

यति गर्दा पनि मासु नपचेर शरीरमा बोसो जम्मा हुँदै जान्छ । यसबाट मोटोपन, उच्च रक्तचाप, मधुमेह, ग्यास्ट्रिक, पेट गडबडी हुने र मलद्वारको समस्या कब्जियत लगायत समस्या निम्त्याउने सम्भावना हुन्छ । यसलाई हेलचेक्र्याइँ गरेमा अल्सर र मुटुरोगको जोखिम हुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार