कार्तिक २९, २०८३ आइतबार November 15, 2026

मुक्तिनाथमा छ महिने महायज्ञ समापन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुस्ताङ, १६ असोजः हिन्दु तथा बौद्धमार्गीहरुको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथधाममा छ महिना लामो महायज्ञ आज समापन भएको छ । मुक्तिनाथ मन्दिरका पिठादिश्वर जगतगुरु स्वामी कमलनयनाचार्यको उपस्थितमा यहाँ आयोजित महायज्ञ विधिवत रुपमा विशेष पुजापाठसहित समापन गरिएको हो ।

यहाँ कालिगण्डकी शालिग्राम तथा मुक्तिनाथको प्रचार÷प्रसार गर्ने, धार्मिक आस्थालाई एकअर्कासंग जोड्ने र विश्वशान्तिको कामना गर्दै मुक्तिनाथमा चैत रामनवमीदेखि विशाल महायज्ञ सुरु गरिएको थियो । स्वामी जगतगुरु कमलनयनाचार्य मुक्तिनाथ बाबाको सङ्कल्पअनुसार त्रिवेणीस्थित गजेन्द्र मोक्षधामबाट मुक्तिनाथधामसम्म विशाल रथयात्रा गर्दै महायज्ञ आयोजना गरिएको थियो ।

आज बडादसैँको शुभदिनमा विधिवत रुपमा पुजापाठ सहित महायज्ञ पूर्ण आहुती विर्सजन भएको कागबेनीधामका पुजारी प्रताप आचार्यले जानकारी दिनुभयो ।

मुक्तिनाथमा आयोजित महायज्ञको पूर्ण आहुतिसँगै पुनः मुक्तिनाथधामबाट रथयात्रा सुरु भइ त्रिवेणी स्थित गजेन्द्र मोक्ष दिव्यधामसम्म रथयात्रा प्रस्थान गर्ने कार्यक्रम रहेको पुजारी प्रताप आचार्यले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २९, आइतबार
सुशासन र समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवान्को कृपा बनिरहनेछः राष्ट्रपति पौडेल
२०८३ कार्तिक २९, आइतबार
सांस्कृतिक एकताको प्रतीक बन्दै छठ
२०८३ कार्तिक २९, आइतबार