श्रावण १९, २०८३ मंगलबार August 4, 2026

प्रदेश अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दमौली (तनहुँ), १७ असोजः यहाँस्थित प्रदेश अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था गरिएको छ । गण्डकी प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालमा पेट, मुटु तथा छाती तथा बालरोग विशेषज्ञको व्यवस्था गरेको हो ।

अस्पतालका प्रमुख डा. परिवर्तन बरालका अनुसार विशेषज्ञ सेवाका निम्ति सर्वसाधारण जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले विशेषज्ञ चिकित्सकको व्यवस्था गरेको हो । यसअघि विशेषज्ञ सेवाका लागि पोखरा, भरतपुर, काठमाडौ जानुपर्ने बाध्यता थियो ।

प्रदेश अस्पताललाई ५० शय्यामा विस्तार गर्ने मन्त्रिपरिषद्ले निर्णय गरिसकेको तथा हाल पददर्ताको प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो । गत आवमा उक्त अस्पतालबाट एक लाख सात हजार ९८३ जनाले सेवा लिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार