बैसाख १७, २०८३ बिहिबार April 30, 2026

पाकिस्तानको पञ्जाबमा वर्षाका कारण घरहरू भत्किँदा १० जनाको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः पाकिस्तानको पूर्वी पंञ्जाब प्रान्तको चकवाल जिल्लामा शुक्रवार घर भत्किँदा कम्तीमा १० व्यक्तिको ज्यान गएकोे उद्धारकर्मीहरूले बताएका छन् ।

उक्त क्षेत्रका उद्धारकर्मीहरूले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार एउटा घरको छत खसी अर्को घरमाथि पर्दा चार जनाको मृत्यु भएको र अन्य थुप्रै घाइते भएका छन् ।

घटनापछि उद्धार टोलीहरू घटनास्थलमा पुगी मृतक तथा घाइतेहरू भग्नावशेषबाट निकालिएको छ । घाइते सबैलाई उपचारका लागि अस्पतालमा पठाइएको छ ।

दुबै घरहरू भर्खरको भारी वर्षाबाट प्रभावित भएका थिए र जीर्ण अवस्थामा रहेको उद्धारकर्मीहरूले बताएका छन् । अर्को एक घटनामा चकवालमा यस्तै घटनामा तीन महिला र एक बालकसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बुधवारको शुरुमा पाकिस्तान मौसम विभागले बिहीबार र शुक्रवार पञ्जाब, उत्तरपश्चिमी खैबर पख्तूनख्वा प्रान्त र उत्तरी गिलगित-बाल्टिस्तान (जीबी) क्षेत्रमा केही बढी वर्षा हुने पूर्वानुमान गरेको छ ।-सिन्हुआ

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुपान्तरणकारी बजेट ल्याइने अर्थमन्त्री वाग्लेको दाबी
२०८३ बैसाख १७, बिहिबार
शिक्षामन्त्री पौडेल र फिनल्यान्डका राजदूत पुहाक्काबीच भेटवार्ता
२०८३ बैसाख १७, बिहिबार
त्रिभुवन विश्वविद्यालयका तीनजना पदाधिकारीहरुले दिए राजीनामा
२०८३ बैसाख १७, बिहिबार
सजाय कटौतीले सुकीको नजरबन्द छोटिन सक्ने सङ्केत
२०८३ बैसाख १७, बिहिबार
आज पनि घट्यो नेप्से परिसूचक
२०८३ बैसाख १७, बिहिबार
राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी
२०८३ बैसाख १७, बिहिबार
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश
२०८३ बैसाख १७, बिहिबार