भाद्र १०, २०८३ बुधबार August 26, 2026

‘प्रचण्डपथ’लाई आधार बनाएर फेरि पार्टी खोल्नु देशका लागि दुर्भाग्यपूर्ण : रवीन्द्र मिश्र

प्रचण्डपथले सिर्जना गर्ने अशान्ति र अस्थिरता नेपाल मात्र होइन, भारतसहित छिमेकीका लागि पनि सुखद नहुने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले नयाँ पार्टी खोल्ने चर्चा भइरहेका बेला ‘प्रचण्डपथ’लाई आधार बनाएर फेरि पार्टी खोल्नु देशका लागि दुर्भाग्यपूर्ण हुने दाबी गरेका छन्।

शनिबार सञ्जालमार्फत मिश्रले आफूले पनि २०७४ सालमा ‘प्रचण्डको संविधान २०७२’ को वैचारिकतालाई आत्मसात गर्दै ‘प्रचण्डपथगामी’ पार्टी शुरु गर्नु जीवनकै ठूलो भूल भएको महसुस गरेको उल्लेख गरेका छन्।

उनले गलत बाटोमा लागेको अनुभूति भएपछि पाँच वर्षपछि ‘मार्ग परिवर्तन’ गरेको बताएका छन्। अहिलेको संविधान २०७२ ले अन्ततः नेपाललाई अस्तित्व संकटतर्फ धकेल्ने चेतावनी दिँदै उनले भनेका छन्, “नयाँ खुल्ने पार्टीले सुरुमैँ ‘पृथ्वीपथ’लाई अंगिकार नगरी ‘प्रचण्डपथ’लाई नै अँगाल्यो भने त्यो भावी पुस्ताका लागि महादुर्भाग्यपूर्ण हुनेछ।”

उनले प्रचण्डपथले सिर्जना गर्ने अशान्ति र अस्थिरता नेपाल मात्र होइन, भारतसहित छिमेकीका लागि पनि सुखद नहुने टिप्पणी गरेका छन्। उनले संविधानलाई ‘प्रचण्डको संविधान २०७२’ का रुपमा टिप्पणी गर्दै आएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया