असोज २४, २०८३ शनिबार October 10, 2026

इरानमा मुद्राबाट चार शून्य हटाउने योजना स्वीकृत

लामो समयदेखि रोकिएको प्रस्तावलाई पुनर्जीवित गरेको दुई महिनापछि सांसदहरूले यो विधेयक पारित गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । इरानको संसद्ले आइतबार राष्ट्रिय मुद्रा रियालबाट चार शून्य हटाउने ऐतिहासिक योजनालाई स्वीकृति प्रदान गरेको छ । यो निर्णय देशले नयाँ अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको सामना गर्दै मुद्राको तीव्र अवमूल्यन भोगिरहेको समयमा आएको हो ।

संसदीय आर्थिक आयोगले लेनदेनलाई सरल र व्यावहारिक बनाउन लामो समयदेखि रोकिएको प्रस्तावलाई पुनर्जीवित गरेको दुई महिनापछि सांसदहरूले यो विधेयक पारित गरेको विधायिकाको वेबसाइटमा जनाइएको छ ।

योजनाअनुसार हालको १० हजार रियाल बराबर एक नयाँ रियाल हुनेछ । दुवै पुराना र नयाँ नोटहरू तीन वर्षसम्म चलनमा रहनेछन् र केन्द्रीय बैंकलाई रूपान्तरण प्रक्रिया सुरु गर्न दुई वर्षको समय दिइएको छ ।

संयुक्त राष्ट्रसङ्घका प्रतिबन्धहरू पुनः लागू भइरहेका बेला इरानी रियालले पछिल्ला दिनहरूमा बारम्बार रेकर्ड स्तरमा गिरावट भोगेको छ ।

सन् २०१५ को आणविक सम्झौतामा सहभागी बेलायत, फ्रान्स र जर्मनीले गत महिना इरानको गैर–अनुपालन जनाउँदै ‘स्न्यापब्याक’ संयन्त्र प्रयोग गरी अन्तर्राष्ट्रिय प्रतिबन्धहरू पुनःस्थापित गरेका थिए ।

आइतबारको कारोबारमा रियाल अमेरिकी एक डलरको तुलनामा करिब ११ लाख १५ हजारमा झरेको थियो । जबकि गत अगस्टमा योजना पुनर्जीवित हुँदा यो दर करिब नौ लाख २० हजारमा थियो ।

रियालको पुनःनामाङ्कनको प्रस्ताव पहिलो पटक सन् २०१९ मा गरिएको थियो तर त्यसबेला स्थगित गरिएको थियो । यस योजनालाई लागू गर्न अझै पनि गार्डियन काउन्सिलको स्वीकृति र राष्ट्रपति मसुद पेजेस्कियानको हस्ताक्षर आवश्यक छ ।

दैनिक जीवनमा इरानीहरूले प्रायः रियालबाट शून्य घटाएर टोमान भन्ने शब्द प्रयोग गर्छन्, जसले सानो अङ्कमा कारोबार गर्न सहज बनाउँछ ।रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
२०८३ असोज २४, शनिबार
पूर्व न्यायाधीशलाई नोबेल पुरस्कार दिएको केही घण्टापछि आइसीसीमाथि अमेरिकी प्रतिबन्ध
२०८३ असोज २४, शनिबार
संघीय निजामति विधेयक २०८३ : ३०-५५ को अवकाश प्रावधानले कर्मचारी वृत्तमा त्रास
२०८३ असोज २४, शनिबार
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता
२०८३ असोज २४, शनिबार
सुर्खेतका तीन स्थानका जंगलबाट १८ नाल भरुवा बन्दुक बरामद
२०८३ असोज २४, शनिबार
चौध लाखभन्दा बढीका सामान र ई-लोडर बरामद
२०८३ असोज २४, शनिबार
सुन तस्करीमा चिनियाँ नयाँ समूह : २१ किलो ७५० ग्राम सुनसहित तीन जना बुढानीलकण्ठबाट पक्राउ
२०८३ असोज २४, शनिबार