असोज ४, २०८३ आइतबार September 20, 2026

स्वास्थ्य मन्त्रालयद्वारा प्राकृतिक विपदमा सतर्कता अपनाउन आग्रह

पानीजन्य रोग बढ्न सक्ने भएकाले सचेत रहन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निरन्तर वर्षा र प्राकृतिक विपद्का कारण पानीजन्य रोग फैलिन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, विपद्‌पछि प्रदूषित पानीका कारण पखाला, हैजा, डेङ्गी र मलेरियाजस्ता रोग फैलिने सम्भावना बढी हुने भएकाले सावधानी अपनाउन आग्रह गरिएको हो।

डा. बुढाथोकीले प्रभावित क्षेत्रमा स्वच्छ पानी पिउन, सरसफाइमा ध्यान दिन र स्वास्थ्य समस्या देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाव दिएका छन्।

मन्त्रालयले आपतकालीन अवस्थामा एम्बुलेन्स सेवाका लागि १०२ र स्वास्थ्यसम्बन्धी जानकारीका लागि १११५ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया