मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

पाल्पामा प्रथम लालीगुराँस कप राष्ट्रिय यु–१९ फुटबल प्रतियोगिता सुरु

उपविजेताले १ लाख रुपैयाँ नगद, सिल्ड, मेडल र प्रमाणपत्र पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पाल्पा । प्रथम लालीगुराँस कप राष्ट्रिय यु–१९ फुटबल प्रतियोगिता पाल्पाको रामपुरमा आइतबारदेखि सुरु भएको छ। रामपुरको मटेरी मैदानमा भएको उद्घाटन खेलमा आयोजक लालीगुराँस एसोसिएशन (रातो) ले युथ युनियन, नवलपुर लाई १–० गोल अन्तरले पराजित गरेको छ। निर्णायक गोल सोजित रूचालले गरेका थिए भने प्रनिल हमाललाई प्लेयर अफ दि म्याच घोषित गरिएको छ।

प्रतियोगिता सेभेन–ए–साइड आधारमा खेलाइँदैछ र यसमा १८ टोलीले भाग लिएका छन्। प्रतियोगिता २५ गतेसम्म सञ्चालन हुनेछ। पहिलो हुने टोलीले २ लाख रुपैयाँ नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन्। उपविजेताले १ लाख रुपैयाँ नगद, सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् भने सेमिफाइनल पुग्ने टोलीलाई २५ हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिने आयोजकले जानकारी दिए।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, डिफेन्स, गोलरक्षक, फरवार्ड, मिडफिल्डर, स्थानीय खेलाडी र प्रशिक्षक लगायत विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद, ट्रफी र प्रमाणपत्र मार्फत सम्मान गरिनेछ। खेलाडीहरूको जन्म मिति २०६३ असार ३० गतेसम्मको राखिएको छ।

आयोजक युथ युनियन मटेरीका अध्यक्ष कमल रानाका अनुसार प्रतियोगितामा सहभागी टिमको बसोबास र खानपानको व्यवस्थ पनि गरिएको छ। प्रतियोगिता सञ्चालनका लागि अनुमानित २५ लाख रुपैयाँ खर्च हुने बताइएको छ। सहआयोजकमा युथ युनियन मटेरी, प्रायोजकमा रामपुर नगरपालिका, र सहयोगीहरूमा लालीगुराँस एसोसियशन नेपाल, एन्फा, मर्दीखोला युनाइटेड र रामपुर जेसिस रहेका छन्।

रामपुर नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनले प्रतियोगिताले नयाँ खेलाडीलाई प्रोत्साहन गर्ने र भविष्यमा खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। प्रतियोगिता अन्तर्गत सोमबार चार खेल आयोजना हुने छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार