कार्तिक २९, २०८३ आइतबार November 15, 2026

कोजाग्रत: मैथिल वरवधुको आज ‘चुमाउन’ गरिँदै

दुलही पक्षका आफन्त सगुन लिएर दुलहाका घर गएर वर (दुलहा) पूजन गर्ने पुरानो मैथिल परम्परा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

महोत्तरी । मधेसमा महोत्तरीसहितका मिथिला क्षेत्रका आज कोजाग्रत पूर्णिमाका अवसरमा नवविवाहित मैथिल जोडिको ‘चुमाउन’ गरिँदै छ । गत कोजाग्रतयताको एक वर्ष अवधिमा विवाह भएका मैथिल दम्पतीको पहिलो कोजाग्रत पूर्णिमाका दिन दुलही पक्षका आफन्तले दुलहाका घरमा गएर गरिने वरपूजन परम्पराको ‘चुमाउन’ विधि परम्पराअनुसार आज गरिन लागेको हो ।

सामान्यतया आफ्नी कन्याको विवाहपश्चात् राम्रो प्रतिपाल गरेका ज्वाइँप्रति कृतज्ञता जनाउन दुलही पक्षका आफन्त सगुन लिएर दुलहाका घर गएर वर (दुलहा) पूजन गर्ने पुरानो मैथिल परम्परालाई  ‘चुमाउन’ भन्ने गरिएको छ । यस अवसरमा दुलही पक्षकाले दुलहाका लागि वस्त्रआभूषण र मिष्टान्न परिकार भेट गर्ने (उपहार दिने) पुरानो परम्परा रहेको पाका मैथिल बताउँछन् ।

कोजाग्रत पूर्णिमा दोषरहित र शुभ दिन मानिँदै आइएकाले पहिलो पटक घरजम सुरु गरेकी छोरी/चेलीका परिवारजनप्रति आभार व्यक्त गर्न यो दिन रोजिएको हुनसक्ने मैथिल लोकपरम्पराका जानकार बताउँछन् । दुर्गा पूजन सकिएलगत्तै दसैँ पर्वको कोसेली पु¥याउन र पर्व विशेषको भेटघाट गर्न पनि यो परम्परा पूर्वजहरूले चलाएका हुनसक्ने मैथिल संस्कृतिविद् जलेश्वर– ५ का ध्रुव राय बताउनुहुन्छ  ।

मिथिला क्षेत्रमा खासगरी मैथिल ब्राह्मण, कायस्थ र सोनार जातिमा बाक्लो प्रचलनमा रहेको ‘चुमाउन’ विधि पछिल्ला केही वर्षयता भने अत्यन्त भड्किलो बन्दै गएको यस क्षेत्रका बुद्धिजीवीको टिप्पणी छ । दुलही पक्षकाले ज्वाइँसहित उनका पिता र आफन्तका लागि वस्त्रआभूषण दिनुपर्ने माग र सयौँ मान्छेलाई खानपान गराउन पर्ने दुलहा पक्षको प्रस्तावले यो विधि भड्किलो बन्दै गएको टिप्पणी बढेको हो ।

विगतमा एक बिडा पान, केही मखान, एकजोर धोती र जनै सुपारीले धानिने गरिएको यो परम्परा पछिल्ला केही दशकयता दुलही पक्षका लागि खर्चिलो बन्दै गएको मैथिलहरू नै स्वीकार गर्छन् । संस्कृति थेग्न र बचाउनभन्दा पनि आडम्बर बढेको भङ्गाहा–५ सिद्धपुरका रामनारायण झाको भनाइ छ ।

पिता, पुर्खाले आपसी सद्भाव वृद्धिका लागि यो विधि परम्पराको सुरुआत गरे पनि पछिल्लो समयमा यो विधि आडम्बर र अहङ्कार प्रदर्शनजस्तै बनेकाले अबको पुस्ताले  यसलाई कम खर्चिलो बनाउन सामाजिक दबाब बढाउन आवश्यक देखिएको यस क्षेत्रका बुद्धिजीवी बताउँछन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २९, आइतबार
सुशासन र समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवान्को कृपा बनिरहनेछः राष्ट्रपति पौडेल
२०८३ कार्तिक २९, आइतबार
सांस्कृतिक एकताको प्रतीक बन्दै छठ
२०८३ कार्तिक २९, आइतबार