काठमाडौं । अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेट सिरिजको फाइनलमा आज नेपाल र मलेसिया आमनेसामने हुने भएका छन्।
मलेसियाको बायुमास ओभलमा बुधबार बिहान ७ः४५ बजेबाट सुरु हुने फाइनलमा नेपाल उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिँदैछ।
पाँच खेलको सिरिजमा दुवै टिमले समान दुई–दुई खेल जितेपछि सिरिज २–२ को बराबरीमा पुगेको हो। अब फाइनल खेलले सिरिजको विजेता टुंगो लगाउनेछ।
सिरिजको पहिलो खेलमा तीन रनले पराजित भएको नेपालले दोस्रो खेलमा शानदार प्रदर्शन गर्दै मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा नेपाल १३ रनले पछि परे पनि चौथो खेलमा पुनः ६ विकेटको प्रभावशाली जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।
नेपालकी कप्तान रुबिना क्षेत्रीको नेतृत्वमा टोलीले पछिल्ला खेलमा बलियो पुनरागमन गरेपछि समर्थकहरूमा उपाधिको आशा बढेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया