मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

छैटौं देउराली अर्चले कप फुटबल प्रतियोगिता असोज ३० गतेदेखि

प्रतियोगितामा सहभागी हुन चाहाने टिमका लागि दर्ता शुल्क रु १० हजार तोकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

विदुर । जेन–जी आन्दोलनका कारण रोकिएको ७ ए साईड छैटौँ देउराली अर्चले कप खुला फुटबल प्रतियोगिताको मिति सार्वजनिक गरिएको छ । आयोजक संस्था कन्चना देउराली युवा क्लबले दिएको जानकारी अनुसार प्रतियोगिता असोज ३० देखि कात्तिक ४ गतेसम्म आयोजना गरिनेछ । बेलकोटगढी नगरपालिका वडा नं ६ मा रहेको उक्त क्लबको आयोजनामा खर्चले खेलकुद मैदानमा हुनेछ ।

यसअघि बडा दशैं २०८२ को अवसर पारेर असोज ०९ गतेदेखि १३ गतेसम्म प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको थियो । तर जेनजी आन्दोलनपछिको अवस्थाका कारण प्रतियोगिता स्थगित गरिएको थियो । आयोजकहरुका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

यस्तै द्धितिय पुरस्कारका रुपमा ५० हजार नगदसहित, ट्रफी,मेडल र प्रमाणपत्र रहेको छ ।सेमिफाइनमा पुग्ने टोलीलाई ११, ११ हजार प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट खेलाीलाई ३ हजार, सर्वाधिक गोलकर्तालाई ३ हजार,उत्कृष्ट गोल रक्षकलाई ३ हजार,उदयमान खेलाडीलाई २५ सय र अनुशासित टोलीलाई ४ हजार नगदसहित ,म्यान अफ द म्याच,सहित नगद र ट्रफी प्रदान गरिने छ ।

प्रतियोगितामा सहभागी हुन चाहाने टिमका लागि दर्ता शुल्क रु १० हजार तोकिएको प्रतियोगिताका संयोजक प्रशासत थिड.ले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी हुने टिमले असोज २९ गते बिहान ९ बजेसम्म दर्ता गरिसक्नुपर्ने जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार