श्रावण १९, २०८३ मंगलबार August 4, 2026

डेंगी संक्रमणको जोखिम कम हुँदै

संक्रमणको जोखिम कात्तिकसम्म नै रहेकाले सतर्कता अपनाउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। केही दिन अघिको परेको अबिरल वर्षाले डेंगी सार्ने लामखुट्टेका लार्भा बगाएकाले डेंगीको संक्रमण कम हुने भएको छ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले दसैँपछि परेको अविरल वर्षाले डेंगी सार्ने लामखुट्टेका लार्भा नष्ट गरेकाले अब संक्रमण कम हुने बताए।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेंगी रोग लाग्दछ।

‘पछिल्लो वर्षाले डेंगी सार्ने लामखुट्टेका लार्भा बगाएको छ,’ उनले भने, ‘जाडो पनि सुरु हुन थालेको छ । त्यसैले अब डेङ्गी सङ्क्रमणको सम्भावना कम रहेको छ।’

कीटजन्य रोग शाखाका प्रमुख डा दाहालले संक्रमणको जोखिम कात्तिकसम्म नै रहेकाले सतर्कता अपनाउन आग्रहसमेत गरे। उनका अनुसार अहिलेसम्म पाँच हजार ५४२ जनामा संक्रमण देखिएकामा दसैँको बीचमा १९० जनामा संक्रमण देखिएको छ।

उनले डोल्पा र मनाङ जिल्लाबाहेक सबैमा संक्रमण देखिएको छ। संक्रमणबाट अहिलेसम्म तीन जनाको निधन भइसकेको छ। कोशी प्रदेशमा ७८५, मधेश प्रदेशमा ११९, बागमती प्रदेशमा एक हजार ३१४, गण्डकी प्रदेशमा एक हजार ३५६ जना, लुम्बिनी प्रदेशमा ९७३ जना, कर्णाली प्रदेशमा ३२८ र सुदूरपश्चिम प्रदेशमा ६६७ जनामा डेंगी संक्रमण देखिएको छ।

डेंगी रोकथामका लागि सरकारले प्रत्येक शुक्रबार लामखुट्टे खोज र नष्ट अभियान सञ्चालन गर्दै आएको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार