काठमाण्डाैंः पछिल्ल्मो समय बढ्दै गइरहेको भारत-चीन विवादका बेला पहिलोपटक उच्चस्तरीय राजनीतिक छलफल भएको छ ।
भारत र चीनका सेनाबीच लद्दाखमा भएको पछिल्लो झडपपछि रुस भ्रमणमा रहेका दुई देशका रक्षामन्त्रीबीच शुक्रबार राति २ घण्टा २० मिनेट वार्ता भएको हो ।
चिनियाँ रक्षामन्त्री विई फिङ र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भएको यो वार्तापछि सीमा क्षेत्रमा दुई देशका सेनाबीच बढेको तनाव कम हुने अपेक्षा गरिएको छ ।
वार्तामा पूर्वी लद्दाखस्थित नियन्त्रण रेखा आसपास भएको तनाव साम्य पार्ने विषयमा छलफल भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया