श्रावण १९, २०८३ मंगलबार August 4, 2026

अस्पताल भवन निर्माणमा ढिलाइ हुँदा उपचार सेवा प्रभावित

पुरानो टिनको छानाबाट सेवा दिनुपर्दा सेवा दिने र लिने दुवैलाई कठिनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तम्घास (गुल्मी), २३ असोजः नयाँ भवन निर्माणमा ढिलाइ हुँदा यहाँस्थित जिल्ला अस्पतालको उपचार सेवा प्रभावित बनेको छ ।

विसं २०७७ मा सदरमुकाम तम्घासमा ५० शय्याको नयाँ भवन निर्माण सुरु गरिएको थियो । पुरानो भवनमा साँघुरो गल्ली र साना कोठा मात्र छन् । छ वटा मात्रै बहिरङ्ग कक्ष छन् । ‘भिडियो एक्सरे’ र शल्यक्रिया गर्ने ठाउँमा पानी चुहिन्छ । पानी चुहिँदा विद्युत् सट हुने गरेको छ । पुरानो टिनको छानाबाट सेवा दिनुपर्दा सेवा दिने र लिने दुवैलाई कठिनाइ भएको छ ।

नयाँ भवन नबन्दा ‘आइसियू’ समेत सञ्चालनमा ल्याउन नसकिएको अस्पतालका चिकित्सक विभव बस्यालले गुनासो गर्नुभयो । “एउटै कक्षमा दुई÷तीनजना डाक्टर बसेर सेवा दिनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “पुरानो भवनबाट सेवा दिन निकै अप्ठ्यारो छ ।” डाक्टर बस्यालले हाल दैनिक चार सय सम्म बिरामी उपचारका लागि आउने गरेको बताउनुभयो ।

भवन निर्माणमा ढिलाइ भएपछि रेसुङ्गा नगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, अस्पताल विकास समितिलगायतले छिटो निर्माणको पहल गरे पनि निर्माण व्यवसायीले कामको गति अघि बढाएनन् ।

“भारतबाट सामान मगाउनुपर्ने छ, आएको छैन भन्छन्”, अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेले भन्नुभयो, “विभिन्न बाहानामा काममा ढिलाइ गरेका छन् ।” सङ्घीय आयोजना कार्यान्वयन इकाई, रुपन्देहीमार्फत स्वच्छन्द÷बाँनिया जेभी मकवानपुरले अस्पताल निर्माणको जिम्मा पाएको थियो । भवनको कूल लागत रु २५ करोड ६४ लाख २०३ रुपैयाँ १७ पैसा छ । विसं २०७८ असार १८ गते भवन निर्माणको सम्झौता भएकामा त्यसको दुई वर्षभित्र अर्थात २०८० असार १७ गते काम सकिनुपर्ने थियो ।

पछिल्लो समय तीन पटक म्याद थप भई गत २०८१ पुससम्म थप गरिएको छ । आयोजनाका इन्जिनियर सुशील रसायलीले निर्माणको ८० प्रतिशत काम सकिएको जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार