मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

एसियन कप छनोट : नेपाल भियतनामसँग पराजित

नेपालले भियतनामसँगै अक्टोबर १४ तारिख दोस्रो लेग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, असोज २३ गते । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत पहिलो लेगमा नेपाल भियतनामसँग पराजित भएको छ ।

हो चिमिन सहरस्थित गो डाउ रङ्गशालामा बिहीबार साँझ भएको खेलमा नेपाल घरेलु टोली भियतनामसँग ३–१ गोलले पराजित भयो ।

भियतनामको जितमा एनग्युएन टिन लिनले नवौँ मिनेटमा सुरुवाती गोल गर्नुभयो । त्यसपछि फाम जुआन मान्हले र नुगुएन भान भीले दोस्रो हाफमा एक एक गोल थप्नुभयो ।

नेपालका लागि सनीस श्रेष्ठले १७औँ मिनेटमा सान्त्वना गोल फर्काउनुभयो । नेपाल पहिलो हाफको इन्जुरी समयमा १० खेलाडीमा समेटिएपछि कमजोर बन्यो ।

नेपालका लाकेन लिम्बुले भियतनामको गोल अवसरमा बाधा पुर्‍याएपछि रातो कार्ड पाउँदै बाहिरिनुभएको थियो । यस हारसँगै नेपालको एसिया कप छनोट यात्रा कमजोर बनेको छ ।

छनोटको समूह ‘एफ’ मा रहेको नेपालले भियतनामसँगै अक्टोबर १४ तारिख दोस्रो लेग खेल्ने छ । अक्टोबर १४ को दोस्रो लेग नेपालमा हुनुपर्ने थियो ।

तर, काठमाडौँको दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय खेल खेल्नका लागि एएफसीबाट अयोग्य ठहर भएपछि नेपालले यो खेल पनि भियतनामकै मैदानमा खेल्न लागेको हो ।

यसअघि समूहमा नेपालले लाओससँग २–१ र मलेसियासँग २–० गोलको हार खेपिसकेको छ । लगातार तेस्रो हारसँगै नेपाल अङ्क तातिकाको अन्तिममा छ ।

यस जितसँगै भियतनाम तीन खेलबाट दुई जितसहित ६ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। मलेसिया नौ अङ्कसहित शीर्ष स्थानमा छ ।

तेस्रो स्थानमा रहेको लाओसको तीन अङ्क छ । समूहको शीर्ष टोली सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपमा छनोट हुने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार