श्रावण १९, २०८३ मंगलबार August 4, 2026

श्यामशिलामा स्वास्थ्य चौकी सञ्चालन

स्वास्थ्य चौकी सञ्चालनपछि जनचेतना कार्यक्रम, औषधि वितरण र नियमित स्वास्थ्य परीक्षणको लागि सहजता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
भोजपुर, २५ असोजः यहाँको पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा सुविधा सम्पन्न स्वास्थ्य चौकी स्थापना भएपछि स्थानीयवासी वर्षौँदेखि भोग्दै आएको स्वास्थ्य सेवाको समस्या समाधान भएको छ ।
पहिले सामान्य उपचारका लागि पनि श्यामशिला र वरपरका नागरिकलाई घण्टौँ पैदल यात्रा गरेर जिल्ला अस्पताल पुग्नुपर्ने बाध्यता थियो । भौगोलिक विकटता र यातायातको असुविधाका कारण साधारण ज्वरो, पेट दुखाइकोसमेत औषधि नपाउँदा यहाँका नागरिकले समस्या भोग्दै आएका थिए । तर अहिले भने गाउँमै स्वास्थ्य चौकी सञ्चालनमा आएपछि आधारभूत स्वास्थ्य सेवा सहजरूपमा उपलब्ध भएको छ ।
श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङका अनुसार स्थानीयको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै गाउँपालिका र वडा कार्यालयको सक्रियतामा स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो । “पहिले सिटामोल, जीवनजलजस्ता सामान्य औषधि पाउन पनि अप्ठ्यारो हुन्थ्यो” वडाध्यक्ष तामाङले भन्नुभयो, “स्थानीयको सहजताको लागि सुविधा सम्पन्न भवन निर्माण गरेर सेवा प्रवाह गरिरहका छौँ । अहिले सामन्य उपचार गाउँमै पाउने वातावरण बनेको छ ।”
स्वास्थ्य चौकीमा आवश्यक उपकरण र आधारभूत स्वास्थ्य सेवाका सुविधा उपलब्ध छन् । यहाँ स्वास्थ्य चौकी सञ्चालन भएपछि श्यामशिला मात्र नभएर तिलाहार, भिरकोट, आमतेकलगायत आसपास बस्तीका नागरिकलाईसमेत प्रत्यक्ष लाभ पुगेको छ ।
स्थानीयवासीका अनुसार स्वास्थ्य चौकीको स्थापना यहाँका बासिन्दाको लामो समयदेखिको माग थियो । गाउँमा स्वास्थ्य सेवा उपलब्ध भएपछि गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक र आकस्मिक बिरामीलाई समयमै उपचार पाउन सहज भएको स्थानीयबासी पासाङदिकी शेर्पाले बताउनुभयो ।
स्वास्थ्य चौकी सञ्चालनपछि जनचेतना कार्यक्रम, औषधि वितरण र नियमित स्वास्थ्य परीक्षणको लागि सहजता भएको उहाँको भनाइ छ । नागरिकलाई सहज स्वास्थ्य सेवा विस्तार गर्न आवश्यक संरचना निर्माणसँगै सेवालाई जनतस्तरसम्म पु¥याउन जोड दिएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार