श्रावण १९, २०८३ मंगलबार August 4, 2026

मोतियाविन्दु बिरामीको निःशुल्क शल्यक्रिया

३०१ जनाको आँखा जाँच गर्दा ९६ जनामा मोतियाबिन्दु फेला परे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिरहा । लहान नगरपालिकाको आर्थिक र सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट पहिचान गरिएका ५० जना मोतियाबिन्दु बिरामीको चौधरी आँखा अस्पताल मा निःशुल्क शल्यक्रिया गरिएको छ।

यही असोज २२ गते राजदेवी मन्दिर प्राङ्गणमा निःशुल्क आँखा जाँच शिविर आयोजना गरिएको थियो। उक्त शिविरमा ३०१ जनाको आँखा जाँच गर्दा ९६ जनामा मोतियाबिन्दु फेला परेको थियो। मोतियाबिन्दु भेटिएकामध्ये पहिलो चरणमा ५० जनाको निःशुल्क शल्यक्रिया गरिएको हो। अन्य ४६ जनाको आज शल्यक्रिया गरिने वडाध्यक्ष तेज नारायण चौधरीले जानकारी दिए।

शल्यक्रियापछि डिस्चार्ज भएका बिरामीहरूलाई नगरप्रमुख महेशप्रसाद चौधरीले आज अस्पताल पुगी उनीहरूलाई फलफूल वितरण गरेका थिए। साथै उनले बिरामीहरूलाई नगर बसमार्फत आ–आफ्ना घरसम्म पुर्‍याउने व्यवस्था मिलाइएको बताए। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार