असार २१, २०८२ शनिबार July 5, 2025

डा. गोविन्द केसीलाई औषधि किन्न रोक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी बिहीबारदेखि खलंगामा बस्ने भनिएको सत्याग्रह स्थगित गरेर विशेषज्ञ सेवा दिन गाउँ जाने तयारीमा थिए । उनको झोलामा औषधि सकिएकाले किन्नुपर्ने भयो ।

एकाबिहानै उनी औषधि किन्न अस्पतालको फार्मेसीतिर लागे । उनको योजना थियो- अस्पतालको फार्मेसीबाट औषधि किन्ने र सिँजा क्षेत्रका गाउँमा स्वास्थ्य सेवा दिन जाने । तर औषधि किन्न अस्पतालको गेटभित्र जान नदिइएपछि उनी रित्तो हात फर्किए । औषधिबिनाको रित्तो झोला लिएर गाउँ जान उनको मनले मानेन । उनी सदरमुकाम खलंगामै रोकिए ।

केसी केहीबेर गेटमै बसे । सबैजसो ओहोरदोहोर गरिरहेका थिए । उनीमात्र अस्पतालको गेटभित्र जान पाएका थिएनन् । गाउँ लैजाने औषधि बाहिरका मेडिकलमा नपाइने भएकाले अस्पतालको फार्मेसीमा किन्न गएको केसी बताउँछन् । उनले भने, ‘जब गेटमा पुगेको थिएँ तब अस्पतालको गार्डले रोक्नुस् भने । म रोकिएँ । अरूलाई जान-आउन दिएको देखेर मैले गार्डसँग जिज्ञासा राखें ।

मलाई किन जान नदिइएको ?’ ती गार्डको जवाफ उद्धृत गर्दै केसीले भने, ‘अस्पताल निर्देशक डा. मंगल रावलको आदेश तपाईंलाई भित्र प्रवेश गर्न नदिनु भन्ने छ । त्यसैले तपाईंले गेटभित्र प्रवेश पाउनुहुन्न ।’ गार्डको जवाफ सुनेपछि केसी आफू बसेको होटलतिर फर्किए ।

अस्पतालभित्रको फार्मेसीमा लगभग सबै प्रकारका औषधि पाइन्छन् । यसअघि उनले डोल्पा, मुगु र पातारासी जाँदा अस्पतालभित्रको पसलबाट औषधि किनेर लगेका थिए । ‘पहिला किनेका औषधि सकिएछन् । रित्तो हात गाउँ किन जानु भनेर अस्पतालको फार्मेसीमा किन्न जान खोजेको थिएँ । त्यहाँ जान अंकुश लगाइयो,’ उनले भने, ‘मलाई जहाँजहाँबाट अवरोध भइरहेको छ । त्यो अवरोधले अझै ऊर्जा थपेको छ ।’ दुई-चारजना स्थानीयले आफूलाई किन प्रवेश नदिइएको भने पनि गार्डले त्यो आवाज नसुनेको केसीले बताए ।

केसीले भने, ‘जब सत्याग्रह घोषणा गर्छु, स्थानीय प्रशासनले लकडाउन गर्छ, प्रहरी म बसेको होटलबाहिर गेटमा आएर बस्छन् । सत्याग्रह स्थगित गर्दा गेटका प्रहरी हराउँछन् । लकडाउन पनि लुुज हुन्छ । यो चिकित्सा शिक्षा सुधारको अभियान तुहाउने षड्यन्त्र हो । ‘हेरौं कति दिनसम्म षड्यन्त्र गरिरहन्छन् । जस्तोसुकै षड्यन्त्र भए पनि यो अभियान रोकिन्नँ । अभियान अझै धारिलो बनेर जानेछ ।’

डा केसीलाई औषधि किन्न रोक्नु निकै गलत भएको नागरिक समाजले जनाएको आजको नागरिक दैनिकमा खवर छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार