मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

सङ्खुवासभामा छैटौँ मानेभञ्याङ कप फुटबल हुने

खाँदबारीमा असोज २८ देखि सुरु हुँदै छैटौँ मानेभञ्याङ कप फुटबल प्रतियोगिता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा छैटौँ मानेभञ्याङ कप फुटबल प्रतियोगिता हुने भएको छ । एड्भान्स क्लब मानेभञ्याङको आयोजनामा असोज २८ गतेदेखि छैटौँ मानेभञ्याङ कप फुटबल प्रतियोगिता हुने भएको हो । आज सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गर्दै छैटौँ मानेभञ्याङ कप २०८२ फुटबल प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिता महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ ।

सामाजिक सद्भावका लागि युवा एकता, विकृति विसंगतिका विरुद्ध खेलकुदद्वारा सहकार्यको प्रतिबद्धता भन्ने मूल नाराका साथ मानेभञ्ज्याङमा छैटौँ मानेभञ्याङ कप फुटबल प्रतियोगिता हुने भएको हो । पूर्वी पहाडी जिल्लाको महत्वपूर्ण प्रतियोगिता रहेको र खेल क्षेत्रमा छुट्टै पहिचान बनाउन संखुवासभा जिल्लामा खेल महोत्सवका रूपमा छैटौँ मानेभञ्याङ कप फुटबल प्रतियोगिता सञ्चालन गर्न लागिएको एड्भान्स क्लबका अध्यक्ष जिल्लामान राईले बताए । प्रतियोगितामा जिल्लाका विभिन्न २० फुटबल क्लवको सहभागिता रहने छ ।

विजयी टिमलाई नगद एक लाख रुपैयाँ ट्रफि,मेडल प्रमाणपत्रले सम्मान गरिने छ भने उपविजेतालाई नगद ५० हजार रुपैयाँ सहित ट्रफि,मेडल प्रमाणपत्रले सम्मान गरिने प्रतियोगितामा विभिन्न विधामा समेत नगद र ट्रफीले सम्मान गरिने आयोजकले जनाएको छ । त्यस्तैगरी सेमि फाइनालिष्ट दुई टिमलाई नगद २०÷२० हजार रुपैयाँ प्रदान गरिने आयोजक एड्भान्स क्लवले जनाएको छ ।

फुटबल प्रतियोगितामा करिब रु ११ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । एडभान्स क्लबले फुटबल खेलको विकास, आधुनिकीकरण र खेलाडीको व्यावासीकरण गर्ने उद्देश्यले २०६४ सालदेखि निरन्तर फुटबल प्रतियोगिता गर्दै आएको छ । खाँदबारी–३ मानेभञ्याङ स्थित महेन्द्र माविको खेलमैदानमा हुने प्रतियोगिता कार्तिक १ सम्म सञ्चालन हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार