श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

राष्ट्रपति पौडेलद्वारा विपिनको निधनप्रति दुःख व्यक्त

हमासको कब्जामा रहेका जोशीको रिहाइको लागि आफूले समेत पटकपटक अथक प्रयास गरेको स्मरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सिक्दै र कमाउँदै कार्यक्रममा सहभागी हुन इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधनको खबरले आफू मर्माहत भएको बताएका छन्।

उनले आज सामाजिक सञ्जाल ‘एक्स’मार्फत प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका जोशीको रिहाइको लागि आफूले समेत पटकपटक अथक प्रयास गरेको स्मरण गर्दै अकस्मात् जोशीको निधन भएको खबरले स्तब्ध भएको उल्लेख गरेका हुन्।

राष्ट्रपति पौडेलले जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दुःखको यस घडीमा शोकाकूल परिवारजन र सबै शुभेच्छुकमा समवेदना प्रकट गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : तीन प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षा हुने
२०८३ श्रावण १५, शुक्रबार
निजामती मस्यौदामा सूक्ष्म अध्ययन
२०८३ श्रावण १५, शुक्रबार
प्रधानमन्त्री-गृहमन्त्रीमाथि राजीनामाको दबाब
२०८३ श्रावण १५, शुक्रबार
धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
२०८३ श्रावण १५, शुक्रबार
सेवानिवृत्त संवैधानिक पदाधिकारीलाई दोहोरो सुविधा नदिने गरी ल्याइयो विधेयक
२०८३ श्रावण १५, शुक्रबार
आज शुक्रबार, कस्तो रहला तपाईंको राशिफल ? हेर्नुहोस्
२०८३ श्रावण १५, शुक्रबार
निरन्तर ओरालो यात्रामा सेयर बजार
२०८३ श्रावण १५, शुक्रबार