श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

नियमित हात धुनु कुपोषण न्यूनीकरणमा सहायकः उपराष्ट्रपति यादव

जनचेतनामूलक कार्यक्रमले हात धुनुको सरल र प्रभावकारी अभ्यासलाई जीवनशैलीमा समावेश गर्न उत्प्रेरित गर्ने विश्वास व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ।उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वच्छता नै स्वास्थ्यको आधार भएकाले नियमित हात धुनु कुपोषण, स्वास्थ्य समस्या तथा अन्य रोगहरूको न्यूनीकरणमा सहायक हुने बताउनुभएको छ ।

विश्व हात धुने दिवस, २०२५ को शुभकामना व्यक्त गर्दै उहाँले यो दिवसले सबैलाई स्वच्छता र स्वास्थ्यप्रति सजग रहन टेवा पुग्ने र यस अवसरमा आयोजना हुने जनचेतनामूलक कार्यक्रमले हात धुनुको सरल र प्रभावकारी अभ्यासलाई जीवनशैलीमा समावेश गर्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

विश्व हात धुने दिवस (अक्टोबर १५) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा स्वच्छ, सुरक्षित र स्वस्थ जीवनका लागि उहाँले शुभकामना व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति यादवले नियमित हात धुँदा विभिन्न रोगको जोखिम कम हुनुका साथै यसले सामाजिक लाभ, आर्थिक बचत र दीर्घकालीन स्वास्थ्य सुरक्षाको सुनिश्चितता प्रदान गर्ने बताउनुभयो ।

“विश्व हात धुने दिवसको सार्थकता तब मात्र पुष्टि हुन्छ । जब सबैले हात धुनुलाई आफ्नो दैनिक जीवनको अभिन्न हिस्सा बनाउँछन्, त्यसैले सबैले स्वच्छता र स्वास्थ्यप्रति प्रतिबद्ध रहँदै नियमित हात धुने अभ्यास गरौँ र स्वस्थ समाज निर्माणमा सक्रिय भूमिका निर्वाह गरौँ”, उहाँले भन्नुभयो ।

हात धुनु हैजा, झाडापखाला, रुघाखोकी, निमोनियालगायत सङ्क्रमणजन्य रोगबाट बच्ने सजिलो, सस्तो र प्रभावकारी उपाय हुन् । साबुन र पानीको प्रयोग गरी कम्तीमा २० सेकेण्डसम्म हात धुनु, औँलाहरू, नङहरू राम्ररी सफा गर्नु, हात सफा गरी खाना पकाउनु र खानुअघि, बाथरुम प्रयोग गरेपछि, खोक्दा वा हाछ्युँ गर्दा, नाक छोएपछि हात धुनु अत्यावश्यक छ ।

यसले व्यक्तिगत स्वास्थ्यमा सुधार ल्याउनुका साथै समुदायलाई रोगमुक्त बनाउने दिशामा योगदान पुर्‍याउँछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : तीन प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षा हुने
२०८३ श्रावण १५, शुक्रबार
निजामती मस्यौदामा सूक्ष्म अध्ययन
२०८३ श्रावण १५, शुक्रबार
प्रधानमन्त्री-गृहमन्त्रीमाथि राजीनामाको दबाब
२०८३ श्रावण १५, शुक्रबार
धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
२०८३ श्रावण १५, शुक्रबार
सेवानिवृत्त संवैधानिक पदाधिकारीलाई दोहोरो सुविधा नदिने गरी ल्याइयो विधेयक
२०८३ श्रावण १५, शुक्रबार
आज शुक्रबार, कस्तो रहला तपाईंको राशिफल ? हेर्नुहोस्
२०८३ श्रावण १५, शुक्रबार
निरन्तर ओरालो यात्रामा सेयर बजार
२०८३ श्रावण १५, शुक्रबार