मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

‘भूजी लिग फुटबल प्रतियोगिता’ को उपाधि लिभुराले जित्यो

विजेता टिमले ३० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रामेछाप । यस वर्षको ‘भूजी लिग फुटबल प्रतियोगिता’ को उपाधि लिखु भूजी युवा क्लब रामेछाप (लिभुरा) ले जितेको छ । घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै लिभुराले उपाधिसँगै स्थानीय फुटबलमा आफ्नो दबदबा कायम गरेको हो ।

भूजीको अमृत घामछायाँ खेल मैदानमा बुधबार सम्पन्न फाइनल खेलमा लिभुराले बाम्ती भण्डारलाई १–० गोलले पराजित गरेको हो । खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रह्यो ।

पहिलो हाफमा दुबै टोलीले समान अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन् । दोस्रो हाफमा पनि खेल बराबरीतिर उन्मुख देखिँदै गर्दा अन्ततः ८९ औँ मिनेटमा लिभुराका ९ नम्बर खेलाडी बिनत सुनुवारले निर्णायक गोल गर्दै टोलीलाई उपाधिसम्म पुर्याए ।

उपाधिसँगै प्रथम हुने लिभुराले नगद १ लाख २७ हजार ७ सय २७ रुपैयाँ, स्वर्ण पदक र रनिङ शिल्ड प्राप्त गरेको छ । उपविजेता बाम्ती भण्डारले ६७ हजार ७ सय २७ रुपैयाँ नगद र रजत पदकमा चित्त बुझायो ।

आयोजक भूजी फुटबल क्लबका अध्यक्ष शुभराज सुनुवारका अनुसार प्रतियोगिता यस वर्ष पनि अत्यन्त उत्साहजनक सहभागिता र शालीन खेल प्रदर्शनका साथ सफल भएको छ ।

खेलमा लिभुराकै सुजन सुनुवार ‘म्यान अफ द म्याच’ घोषित भए । प्रतियोगिताको पुरुष लिगमा कुल ९ टिमले सहभागिता जनाएका थिए । खेलको सञ्चालन तथा संयोजन भूजी फुटबल क्लबले गरेको थियो ।

यस्तै, भूजी लिग अन्तर्गत महिला फुटबल प्रतियोगितामा पनि लिखु भूजी रामेछाप ‘ए’ टिम विजेता बनेको छ । फाइनलमा ‘ए’ टिमले आफ्नै ‘बी’ टिमलाई १–० को गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

विजेता टिमले ३० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्योे भने उपविजेता टिमले २० हजार रुपैयाँ प्राप्त गरेको छ । महिला तर्फ कुल ३ टिमले सहभागिता जनाएका थिए ।

समापन समारोह उमाकुण्ड गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो अवसरमा विजयी टिम, उत्कृष्ट खेलाडी र निर्णायकहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा क्लबका अध्यक्ष शुभराज सुनुवारले स्थानीय स्तरमा खेलकुदले एकता, अनुशासन र प्रतिभा विकासमा ठूलो योगदान पु‍¥याइरहेको उल्लेख गर्दै आगामी वर्ष प्रतियोगिता अझ भव्य रूपमा आयोजना गर्ने प्रतिबद्धता जनाए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार