श्रावण १०, २०८३ आइतबार July 26, 2026

जेरी’ पछि ‘जेरी अन टप’: अनमोल केसीको १६ महिनापछि पर्दामा धमाकेदार फर्की

अनमोलसँगै अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ मुख्य भूमिकामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अनमोल केसी मुख्य भूमिकामा रहेको फिल्म ‘जेरी अन टप’ आजदेखि देशभरका हलहरूमा प्रदर्शनमा आएको छ। दुई सयभन्दा बढी शोसहित रिलिज भएको यो फिल्म अनमोलको ‘फर्की फर्की’ पछि करिब १६ महिनापछि पर्दामा कमब्याक हो।

अघिल्लो चर्चित फिल्म ‘जेरी’ को ब्रान्डमा आधारित र अनमोलको लामो अन्तरालपछि आएको हुनाले ‘जेरी अन टप’ अहिले निकै चर्चामा छ। सुयोग गुरुङको निर्देशनमा बनेको यस फिल्ममा अनमोलसँगै अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ मुख्य भूमिकामा छन्। साथै भुवन केसी, केदार घिमिरे, उषा खड्गी र सुरक्षा पन्तको पनि अभिनय रहेको छ।

अनन्या फिल्म्सको ब्यानरमा तयार गरिएको यो फिल्म सरोज न्यौपानेले निर्माण गरेका हुन्। हेमराज बिसीको कथा रहेको फिल्मको पटकथा विश्वास तिम्सिनाले लेखेका हुन्।  दुलिप रेग्मीले सिनेमाटोग्राफी गरेका छन्। फिल्म निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ, दीपक भण्डारी र भविस्य खड्का सहनिर्माता रहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
२०८३ श्रावण ९, शनिबार
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल
२०८३ श्रावण ९, शनिबार
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
२०८३ श्रावण ९, शनिबार
डा. गोविन्द केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ श्रावण ९, शनिबार
कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने
२०८३ श्रावण ९, शनिबार
सात लाख बढी घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
२०८३ श्रावण ९, शनिबार
समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव
२०८३ श्रावण ९, शनिबार