बैसाख १७, २०८३ बिहिबार April 30, 2026

विश्वभरी कोरोना भाइरसको सङ्क्रमणबाट आठ लाख ७९ हजार ३६९ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः विश्वभरी कोरोना भाइरसको सङ्क्रमणबाट आठ लाख ७९ हजार ३६९ जनाको मृत्यु भएको छ ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) शनिबार दिएको जानकारी अनुसार विश्वभरी अहिलेसम्म दुई करोड ६८ लाख १६ हजार ८८७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित एक करोड ८९ लाख २३ हजार ६६६ व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

हाल विश्वमा ७० लाख १३ हजार ८५२ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेकाले उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये ६० हजार ९१० जनाको अवस्था गम्भीर रहेको जनाएको छ । बाँकीको अवस्था भने सामान्य रहेको डब्लुएचओले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क निम्नानुसार रहेको छ । अमेरिकामा ६३ लाख ८९ हजार ४१३ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ३६ लाख ३६ हजार २७२ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९२ हजार १३२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

ब्राजिलमा ४० लाख ९१ हजार ८०१ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३२ लाख ७८ हजार २४३ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २५ हजार ५८४ जनाको मृत्यु भएको छ ।

भारतमा ४० लाख २७ हजार ७१८ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३१ लाख सात हजार ४५३ कोरोना भाइरस मुक्त भएका छन् भने ६९ हजार ६६८ जनाको मृत्यु भएको छ ।

रुसमा १० लाख २० हजार ३१० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन भने ८ लाख ३८ हजार १२६ कोरोना भाइरस मुक्त भएका छन् । रुसमा अहिलेसम्म १७ हजार ७५९ जनाको मृत्यु भएको छ ।

पेरुमा ६ लाख ७६ हजार ८४८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ९८ हजार ७७१ जना कोरोना भाइरस मुक्त भएका छन् भने २९ हजार ५५४ जनाको मृत्यु भएको छ ।

कोलम्बिया ६ लाख ५० हजार ६२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ९८हजार २२१ जना कोरोना भाइरस मुक्त भएका छन् भने २० हजार ८८८ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ६ लाख ३५ हजार ७८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ५७ हजार ८१८ कोरोना भाइरस मुक्त भएका छन् भने १४ हजार ६७८ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ६ लाख २३ हजार ९० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ३४ हजार ६६७ कोरोना भाइरस मुक्त भएका छन् भने ६६ हजार ८१४ जनाको मृत्यु भएको छ ।

स्पेनमा ५ लाख १७ हजार ११३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार ४१८ जनाको मृत्यु भएको छ । यहाँ तीन लाख ३१ हजार ६२१ जना सङ्क्रमणमुक्त भएका छन् ।

अर्जेन्टिना ४ लाख ६१ हजार ८८२ जनामा कोरोना भाइरसको सङ्क्रमण रहेको छ । यहाँ ३ लाख ९१ हजार २४८ जना कोरोना भाइरस मुक्त भएका छन् भने ९ हजार ६२३ जनाको मृत्यु भएको छ ।-एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुपान्तरणकारी बजेट ल्याइने अर्थमन्त्री वाग्लेको दाबी
२०८३ बैसाख १७, बिहिबार
शिक्षामन्त्री पौडेल र फिनल्यान्डका राजदूत पुहाक्काबीच भेटवार्ता
२०८३ बैसाख १७, बिहिबार
त्रिभुवन विश्वविद्यालयका तीनजना पदाधिकारीहरुले दिए राजीनामा
२०८३ बैसाख १७, बिहिबार
सजाय कटौतीले सुकीको नजरबन्द छोटिन सक्ने सङ्केत
२०८३ बैसाख १७, बिहिबार
आज पनि घट्यो नेप्से परिसूचक
२०८३ बैसाख १७, बिहिबार
राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी
२०८३ बैसाख १७, बिहिबार
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश
२०८३ बैसाख १७, बिहिबार