श्रावण १९, २०८३ मंगलबार August 4, 2026

तनहुँमा थप एक जनामा जापानिज इन्सेफलाइटिस पुष्टि

थप एक जनामा पुष्टि भएसँगै जिल्लामा जापानिज इन्सेफलाइटिसबाट सङ्क्रमण हुनेको सङ्ख्या तीन पुगे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तनहुँ कार्तिक १ । यहाँ थप एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ। व्यास नगरपालिका–७ निवासी दश वर्षीया बालिकामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ।

थप एक जनामा पुष्टि भएसँगै जिल्लामा जापानिज इन्सेफलाइटिसबाट सङ्क्रमण हुनेको सङ्ख्या तीन पुगेको छ। यसअघि गत असोज १ गते आँबुखैरेनी गाउँपालिका–१ बरादी निवासी ७१ वर्षीय पुरुष र गत भदौ १० गते भिमाद नगरपालिका–२ निवासी ८० वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको थियो।

जापानिज इन्सेफलाइटिस सङ्क्रमण देखिएसँगै स्वास्थ्यकर्मीको टोलीले जनसमुदाय स्तरमा स्वास्थ्य सचेतना कार्यक्रम गरेको प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदिप कंडेलले जानकारी दिए।

जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने र मस्तिष्कमा सङ्क्रमण हुने रोग हो। यसले सङ्क्रमितको स्नायु प्रणालीलाई अङ्गभङ्ग बनाउनुका साथै बिरामीको मृत्यु समेत हुने स्वास्थ्यकर्मी बताउँछन्। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार