असार २३, २०८२ सोमबार July 7, 2025

चीनमा बनेको कोरोना भ्याक्सिनको क्लिनिकल ट्रायललाई चार देशको अनुमती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस संक्रमण विरुद्धको खोप तयार पार्नमा विश्वभरका बिभिन्न शक्तिशाली देशहरु लागिपरेका छन् । यहि बीचमा चार थप देशले चीनमा देशमा बनेको कोरोना भ्याक्सिनलाई अन्तिम चरणको क्लिनिकल ट्रायलका लागि अनुमति दिएका छन् ।

चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी) र सिनोव्याक बायोटेक लिमिटेडले शनिबार यस बारेमा जानकारि गराएको हो । सर्बिया र पाकिस्तान ट्रायलको तेस्रो चरणका लागि सहमत हुने देशको सूचीमा समावेश छ भने अन्य दुईले कम्पनीबाट थप डाटा माग गरेको छ ।

सर्बियामा सिएनबीजीले बनाएका दुई भ्याक्सिनको ट्रायल हुनेछ । यी दुबै भ्याक्सिन ऊहान र बेइजिङको सिएनबीजी युनिटमा तयार गरिएको हो । यस्तै पाकिस्तानमा बेइजिङ युनिटको भ्याक्सिनको ट्रायल हुनेछ ।

सिएनबीजीको तेस्रो चरणको ट्रायलमा १० देशका करिब ५० हजार मानिसहरु समावेश हुने सम्भावना छ । संयुक्त अरब इमिरेट्स, बहराइन, पेरु, मोरक्को, अर्जेन्टिना र जोर्डनमा पहिले नै ट्रायल सुरु भइसकेका छन् ।

चीनमा कोरोना भाइसस संक्रमितको संख्या निकै कम छ जसका कारण उसले अन्य देशमा आफ्नो क्लिनिकल ट्रायल गरिरहेको छ । बीबीसी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया