बैसाख १७, २०८३ बिहिबार April 30, 2026

चीनमा बनेको कोरोना भ्याक्सिनको क्लिनिकल ट्रायललाई चार देशको अनुमती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस संक्रमण विरुद्धको खोप तयार पार्नमा विश्वभरका बिभिन्न शक्तिशाली देशहरु लागिपरेका छन् । यहि बीचमा चार थप देशले चीनमा देशमा बनेको कोरोना भ्याक्सिनलाई अन्तिम चरणको क्लिनिकल ट्रायलका लागि अनुमति दिएका छन् ।

चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी) र सिनोव्याक बायोटेक लिमिटेडले शनिबार यस बारेमा जानकारि गराएको हो । सर्बिया र पाकिस्तान ट्रायलको तेस्रो चरणका लागि सहमत हुने देशको सूचीमा समावेश छ भने अन्य दुईले कम्पनीबाट थप डाटा माग गरेको छ ।

सर्बियामा सिएनबीजीले बनाएका दुई भ्याक्सिनको ट्रायल हुनेछ । यी दुबै भ्याक्सिन ऊहान र बेइजिङको सिएनबीजी युनिटमा तयार गरिएको हो । यस्तै पाकिस्तानमा बेइजिङ युनिटको भ्याक्सिनको ट्रायल हुनेछ ।

सिएनबीजीको तेस्रो चरणको ट्रायलमा १० देशका करिब ५० हजार मानिसहरु समावेश हुने सम्भावना छ । संयुक्त अरब इमिरेट्स, बहराइन, पेरु, मोरक्को, अर्जेन्टिना र जोर्डनमा पहिले नै ट्रायल सुरु भइसकेका छन् ।

चीनमा कोरोना भाइसस संक्रमितको संख्या निकै कम छ जसका कारण उसले अन्य देशमा आफ्नो क्लिनिकल ट्रायल गरिरहेको छ । बीबीसी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुपान्तरणकारी बजेट ल्याइने अर्थमन्त्री वाग्लेको दाबी
२०८३ बैसाख १७, बिहिबार
शिक्षामन्त्री पौडेल र फिनल्यान्डका राजदूत पुहाक्काबीच भेटवार्ता
२०८३ बैसाख १७, बिहिबार
त्रिभुवन विश्वविद्यालयका तीनजना पदाधिकारीहरुले दिए राजीनामा
२०८३ बैसाख १७, बिहिबार
सजाय कटौतीले सुकीको नजरबन्द छोटिन सक्ने सङ्केत
२०८३ बैसाख १७, बिहिबार
आज पनि घट्यो नेप्से परिसूचक
२०८३ बैसाख १७, बिहिबार
राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी
२०८३ बैसाख १७, बिहिबार
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश
२०८३ बैसाख १७, बिहिबार