मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

गलकोट नगरपालिकालाई अन्तरराष्ट्रिय बागलुङ समाज कपको उपाधि

खेलमा सहभागी हुने सबै समूहले रु २५/२५ हजार नगद पुरस्कार प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ढोरपाटन (बागलुङ)। बागलुङमा आयोजित अन्तरराष्ट्रिय बागलुङ समाज कप भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकाले हात पारेको छ।

अन्तरराष्ट्रिय बागलुङ समाजको आयोजनामा भएको उक्त प्रतियोगितामा गलकोटले निसीखोला गाउँपालिकालाई ३–२ सेटले पराजित गरी उपाधि चुमेको हो। प्रतिस्पर्धात्मक खेलमा गलकोट पहिलो २६–२४, तेस्रो २५–२० र पाँचौँ २४–२२ ले जितेको थियो। निसीखोलाले भने दोस्रो २५–१७ र चौथो २६–२४ ले जितेको थियो । गलकोटले उपाधि जित्दै रु दुई लाख हात पारेको छ।

दोस्रो हुने निसीखोला गाउँपालिकाले रु एक लाख हात पारेको हो। तेस्रो हुने काठेखोला गाउँपालिकाले रु ५० हजार र सान्त्वना हुने ढोरपाटन नगरपालिकाले रु २५ हजार प्राप्त गरेको अन्तरराष्ट्रिय बागलुङ समाजका सचिव राजु थाले जानकारी दिए।

प्रतियोगितामा बागलुङका १० स्थानीय तहबाट दश टोलीको सहभागिता थियो। खेलमा सहभागी हुने सबै समूहले रु २५/२५ हजार नगद पुरस्कार प्रदान गरेको सचिव थापाले बताए। समाजले अबदेखि हरेक दुई÷दुई वर्षमा प्रतियोगिता गर्ने थापाले जानकारी दिए।

प्रतियोगिता गत असोज २९ गतेदेखि सुरु भएको थियो। बागलुङबाट रोजगारीको सिलसिलामा संसारका विभिन्न देशमा गएर बसेका गैरआवासीय नागरिकको संस्था अन्तरराष्ट्रिय बागलुङ समाजले जिल्लाभित्र अन्य सामाजिक कामसमेत गर्दै आएको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार