काठमाण्डौं । देशका दुई जिल्लामा छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अवस्थामा १८ जना व्यक्ति पक्राउ परेका छन्।
सल्यानको शारदा नगरपालिका–१ श्रीनगर बस्ने ५० वर्षीय लोकबहादुर बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा बुढाथोकीसहित ६ जनालाई आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको टोलीले उनीहरूबाट नगद १ लाख ७ हजार ६ सय २५ रुपैयाँ र ११ बुक तास बरामद गरेको छ।
त्यस्तै, नवलपरासी पूर्वको कावासोती नगरपालिका–८ सुर्वणाचोकस्थित घरमा जुवा (कौडा) खेलिरहेका अवस्थामा सोही स्थानका ४२ वर्षीय बसन्तराज घिमिरेसहित १२ जना शनिबार राति पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरूबाट नगद ८२ हजार ९ सय ६० रुपैयाँ र १६ थान कौडा बरामद गरेको छ।
दुवै घटनासम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया