श्रावण १९, २०८३ मंगलबार August 4, 2026

आयुर्वेद अस्पतालमा भर्नासहितको सुविधा

अस्पतालमा प्यारालाइसिस, नसा च्यपाएको, हाडजोर्नी, ग्याष्ट्रिकलगायतका बिरामीको भर्ना गरेरै उपचार हुन थाले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागलुङ । धौलागिरि आयुर्वेद अस्पताल स्तरोन्नति पश्चात् भर्ना गरेरै बिरामीहरूको उपचार गर्न थालिएको छ ।

गण्डकी प्रदेश सरकारले गत वर्ष औषधालयलाई स्तरोन्नति गरी २५ शय्याको अस्पताल बनाएको थियो । अस्पताल प्रमुख डा. शरद पन्थीका अनुसार अहिले अस्पतालमा आठ शय्या क्षमतामा बिरामी भर्ना भइरहेका छ ।

अस्पतालले पुरानै कार्यालयलाई व्यवस्थापन गरेर बिरामीको भर्नासहित उपचार गरिरहेको छ । अस्पताल स्तर वृद्धिका लागि प्रदेश सरकारले गत वर्ष रु. एक करोड ३६ लाखमा पूर्वाधार निर्माणसँगै जनशक्ति व्यवस्थापन गरेको थियो ।

गत वर्ष बहिरंग सेवाका लागि १७ हजार बिरामी आयुर्वेद औषधालय पुगेका थिए । पछिल्लो तीन महिनामा २९ जना बिरामीले भर्ना भएर उपचार सेवा लिएका छन् ।

अस्पतालमा प्यारालाइसिस, नसा च्यपाएको, हाडजोर्नी, ग्याष्ट्रिकलगायतका बिरामीको भर्ना गरेरै उपचार हुन थालेको छ । त्यसै गरी पञ्चकर्म, पूर्वकर्म, छार सूत्र सर्जरी, अकुपञ्चर र चिकित्सकीय योगलगायतको सेवा प्रदान गर्दै आएको छ ।

अस्पताल भवन भने साँघुरो रहेकाले नयाँ जग्गा व्यवस्थापन र भवन आवश्यक रहेको अस्पतालले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार