काठमाडौँ । भारतको सिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा जारी त्रिकोणात्मक मैत्रीपूर्ण महिला फुटबल प्रतियोगितामा नेपाल इरानसँग पराजित भएको छ । शुक्रबार सम्पन्न खेलमा नेपाल ३–० गोलअन्तरले इरानसँग हारेको हो ।
खेलको पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरीमा समाप्त गरेका थिए । तर, दोस्रो हाफमा इरानले खेलमा दबदबा कायम राख्दै लगातार तीन गोल गरेको थियो । नेपालले केही अवसर सिर्जना गरे पनि तिनलाई गोलमा रूपान्तरण गर्न सकेन ।
यो नेपाल र इरानबीचको तेस्रो भेट हो, तर नेपाल पहिलो पटक इरानसँग पराजित भएको हो । यसअघि सन् २०१९ मा भएको भेटमा नेपालले इरानलाई ३–० ले हराएको थियो ।
प्रतियोगिताको दोस्रो खेलमा नेपालले मंगलबार घरेलु टोली भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले इरानविरुद्धको हारबाट सिकेर दोस्रो खेलमा सुधार गर्ने लक्ष्य लिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया