मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

पाँचौँ वडा कप भलिबलको उपाधि भटौली टाइगरलाई

दोस्रो हुने भटौली स्टारले २० हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र पायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रामेछाप । मन्थली नगरपालिका–७ भटौलीको पाँचौँ वडा कप पुरुष भलिबल प्रतियोगिताको उपाधि भटौली टाइगरले जितेको छ ।

९ टिमले भाग लिएको खेलमा भटौली स्टार ए लाई पराजित गर्दै भटौली टाइगरले उपाधि जितेको हो । भटौली टाइगरले उपाधिसँगै नगद ३० हजार, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो हुने भटौली स्टारले २० हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र पाएको छ ।

प्रतियोगितामा मुगिटार समाज तेस्रो भएको छ । उसले नगद १० हजार, सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सान्तोना स्थान प्राप्त गर्ने भटौली लाइनले नगद ५ हजार मेडल र प्रमाणपत्र पाएको छ ।

प्रतियोगिताका विजयी खेलाडीहरूलाई मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, वडा नं ७ का वडाध्यक्ष भुवनहरि प्रसाईँ लगायतले नगद पुरस्कारका साथै सिल्ड, मेडल र प्रमाण पत्र वितरण गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार