 
						काठमाडौं, १० कार्तिक । “तेस्रो परा–हिमालय सञ्चार तथा सामाजिक विकास सम्मेलन” आगामी कार्तिक २१ र २२ गते काठमाडौँमा हुने भएको छ । परा–हिमालय क्षेत्रका देशहरूबीच सञ्चार, प्रविधि र सामाजिक विकासका क्षेत्रमा आपसी सहयोग र ज्ञान आदान–प्रदानलाई सुदृढ बनाउनु सम्मेलनको उद्देश्य रहेको आयोजक संस्थाहरूले जनाएका छन् ।
कार्यक्रमको मुख्य आयोजना चीनस्थित School of Public Administration, University of Electronic Science and Technology र नेपालको त्रिभुवन विश्वविद्यालय, आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागले संयुक्त रूपमा गर्नेछन् । कार्यक्रममा नेपाल टेलिभिजन र हिमालय टेलिभिजनको सहकार्य रहनेछ ।
सम्मेलनको सह–आयोजकमा Sichuan Philosophy and Social Science Key Laboratory of Digital Intelligence and Public Governance, Nepal China Media Forum, Communication University of China, र Kathmandu University रहेका छन् ।
कार्यक्रममा चीन, नेपाल लगायत परा–हिमालय क्षेत्रका अनुसन्धानकर्ता, सञ्चारविद्, नीति–निर्माता तथा विज्ञहरूले सहभागिता जनाउनेछन् । सम्मेलनमा सञ्चार प्रविधिको भूमिका, डिजिटल युगमा सार्वजनिक शासन, सामाजिक सञ्जालको प्रभाव, र हिमाली क्षेत्रको विकासका सम्भावनासम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ ।
यो सम्मेलनलाई The Chinese Association for History of Journalism and Mass Communication ले शैक्षिक सहयोग पुर्याउनेछ । आयोजकका अनुसार सम्मेलनले नेपाल–चीन सम्बन्धमा शैक्षिक र प्राविधिक सहकार्यका नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया