काठमाण्डौंः विश्वभर महानमारीको रुप लिएको कोरोना भाइरस संक्रमितको संख्याको आविश्वमा कोरोना संक्रमित मुलुकको सुचीमा भारत दोस्रो स्थानमा, संक्रमण तिब्रधारमा भारत दोश्रो सथानमा पुगेको छ । संक्रमितको संख्याका आधारमा ब्राजिल्ला उछिन्दै भारत दोश्रो स्थानमा पुगेको हो ।
पछिल्ले समय भारतमा कोरोना संक्रमणदर थप तीव्र बनेको छ । आइतबार ९१ हजार ७ सय २३ संक्रमित थपिएसँगै भारत दोस्रो स्थानमा पुगेको हो । भारतमा आइतबार थपिएका संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो ।
यसअघि शनिबार ९० हजार ६ सय जना संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४२ लाख २ हजार ५ सय ६२ पुगेको छ । हाल ८ लाख ८२ हजार ९ सय ५५ सक्रिया संक्रमितको उपचार भइरहेको छ ।
भारतमा निको हुने दर भने केही राम्रो देखिएको छ । हालसम्म ३२ लाख ४७ हजार २ सय ९७ जना कोरोनामुक्त भएका छन् । अहिलेसम्म मृत्यु हुनेको संख्या ७१ हजार ६ सय ८७ पुगेको छ ।
इपीसेन्टर बनेको अमेरिकामा संक्रमितको संख्या ६४ लाख ६० हजार बढि छ भने १ लाख ९३ हजार बढिको मृत्यु भइसकेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया