बैसाख १७, २०८३ बिहिबार April 30, 2026

विश्वमा कोरोना संक्रमित मुलुकको सुचीमा भारत दोस्रो स्थानमा उक्लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्वभर महानमारीको रुप लिएको कोरोना भाइरस संक्रमितको संख्याको आविश्वमा कोरोना संक्रमित मुलुकको सुचीमा भारत दोस्रो स्थानमा, संक्रमण तिब्रधारमा भारत दोश्रो सथानमा पुगेको छ । संक्रमितको संख्याका आधारमा ब्राजिल्ला उछिन्दै भारत दोश्रो स्थानमा पुगेको हो ।

पछिल्ले समय भारतमा कोरोना संक्रमणदर थप तीव्र बनेको छ । आइतबार ९१ हजार ७ सय २३ संक्रमित थपिएसँगै भारत दोस्रो स्थानमा पुगेको हो । भारतमा आइतबार थपिएका संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो ।

यसअघि शनिबार ९० हजार ६ सय जना संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४२ लाख २ हजार ५ सय ६२ पुगेको छ । हाल ८ लाख ८२ हजार ९ सय ५५ सक्रिया संक्रमितको उपचार भइरहेको छ ।

भारतमा निको हुने दर भने केही राम्रो देखिएको छ । हालसम्म ३२ लाख ४७ हजार २ सय ९७ जना कोरोनामुक्त भएका छन् । अहिलेसम्म मृत्यु हुनेको संख्या ७१ हजार ६ सय ८७ पुगेको छ ।

इपीसेन्टर बनेको अमेरिकामा संक्रमितको संख्या ६४ लाख ६० हजार बढि छ भने १ लाख ९३ हजार बढिको मृत्यु भइसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुपान्तरणकारी बजेट ल्याइने अर्थमन्त्री वाग्लेको दाबी
२०८३ बैसाख १७, बिहिबार
शिक्षामन्त्री पौडेल र फिनल्यान्डका राजदूत पुहाक्काबीच भेटवार्ता
२०८३ बैसाख १७, बिहिबार
त्रिभुवन विश्वविद्यालयका तीनजना पदाधिकारीहरुले दिए राजीनामा
२०८३ बैसाख १७, बिहिबार
सजाय कटौतीले सुकीको नजरबन्द छोटिन सक्ने सङ्केत
२०८३ बैसाख १७, बिहिबार
आज पनि घट्यो नेप्से परिसूचक
२०८३ बैसाख १७, बिहिबार
राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी
२०८३ बैसाख १७, बिहिबार
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश
२०८३ बैसाख १७, बिहिबार