काठमाडौंः चर्चीत गायक, र्यापर तथा संगितकार मिस्टर आर.जे को मुना बोलको गीत छोटो समयमै दर्शकहरुको माझ चर्चाको शिखरमा पुग्न सफल भएको छ ।
‘८ के एभरेस्ट मोसन पिक्चर्स’ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीत छोटो समयमै युट्युबमा बढि रुचाइएका (ट्रेन्डीङ ३ ) मा पुगेको छ । चर्चीत गायक सर्जक तथा संगितकार नवराज कलौनीको शब्द रहेको यस गीतमा राज खुम्बु र सुजाता बर्माले स्वर दिएका छन् ।
यस्तै मिस्टर आर.जे को र्याप तथा संगित रहेको गीतको भिडियोमा नाजिर हुसेन, स्वस्तिमा खड्का र रियासा दहालको अभिनय देख्न सकिन्छ । यो गीत अहिले सामाजिक सञ्जाल सहित रेडियो, टेलिभिजन तथा टीकटकमा समेत प्रचलित हुन थालेको छ ।
भिडियोमा हेर्नुहोस्ः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया