मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

पथरीशनिश्चरे गोल्डकप : आयोजक पथरी–११ सेमिफाइनमा

सोमबार पाँचथर क्लब र सङ्कटा फुटबल क्लब बिच खेल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

उर्लाबारी, कात्तिक १६ गते । मिक्चल दासको एक मात्र निर्णायक गोलको मद्दतमा पथरी–११ फुटबल क्लब डिपेन्डिङ च्याम्पियन व्रिगेड ब्वाइज क्लब ललितपुरलाई हराउँदै पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पथरी रङ्गाशालामा आइतबार भएको खेलमा पथरी–११ ले व्रिगेड ब्वाइजलाई १–०  गोलले हरायो । पथरी–११ का लागि ४६औं मिनेटमा मिक्चल दासले सौर्य राउतको पासलाई सदुपयोग गर्दै गोल गर्नुभयो । डिबक्स भित्र बाटै सौर्यले मिक्चललाई सुन्दर पास दिनुुभएको थियो ।

मध्यान्तरपछि १–० ले पछि परेको व्रिगेडले लगातार गोल गर्ने राम्रा अवसर बनाए पनि पथरीका गोल रक्षक समीर क्षेत्री उत्कृष्ठ बचाउ गर्नुभयो ।

निर्णायक गोल गर्ने मिक्चल दासले आजको खेलमा म्यान अफ द म्याच घोषित हुँदै नगद र ट्रफि प्राप्त गर्नुभयो । सोमबार पाँचथर क्लब र सङ्कटा फुटबल क्लब बिच खेल हुनेछ । सङ्कटा गत वर्षको उपविजेता हो । गोप.

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार