असार २२, २०८२ आइतबार July 6, 2025

ट्राफिक प्रहरी कुटेको अभियोगमा पक्राउ परेका थप चार जनामा कोरोना संक्रमण पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका थप चार जनाको कोरोना पोजिटिभ देखिएको छ। महानगरीय प्रहरी परिसर, ललितपुरले सोमबार थप चार जनामा कोरोना पोजिटिभ देखिएको जनाएको छ।

आइतबार दुई जनाको रिपोर्ट पोजिटिभ आएको थियो। अन्य ११ जनाको रिपोर्ट आउन बाँकी रहेको परीसरले जनाएको छ। उक्त समूहका तीन जना हिजो रिहा भएका थिए। बिरामी तथा कोरोना संक्रमितलाई आफन्तको जिम्मा लगाएर आइसोलेसनमा पठाइएको जनाएको छ।

आरोपितहरु सबैको रिहाई गर्नुपर्ने माग लिएर १९ जाती र ज्यापू समाजका प्रतिनिधि सोमबार जिल्ला प्रशासन कार्यालय पुगेका थिए । पक्राउ परेकालाई सार्वजनिक शान्ति विरुद्दको कसुरुमा मुद्दा चलाइएको जानकारी प्रहरीले दिएको छ।

सरकारी वकिलको राय लिएर अनुसन्धान अघि बढाइने र त्यसै अनुरुप कारवाही हुने परीसरले जनाएको छ। उनीहरुलाई बाहिरै राखेर अनुसन्धान गर्ने र मुद्दा चलाईसकेपछि कानुन बमोजिम अघि बढाइने भएको छ । आजको अन्नपुर्ण पोस्टमा खबर छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया