मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

काभा महिला यू–१९ भलिबलमा नेपालले आज कीर्गिस्तानसँग खेल्ने

नेपालले दोस्रो खेल कार्तिक १९ गते घरेलु टोली श्रीलंका र कार्तिक २१ गते माल्दिभ्ससँग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। श्रीलंकामा आजबाट हुने काभा महिला यू–१९ भलिबल च्याम्पियनसिप अन्तर्गत नेपालले आफ्नो पहिलो खेल कीर्गिस्तानसँग खेल्ने भएको छ ।

सार्वजनिक गरिएको खेल तालिकाअनुसार नेपालले पहिलो खेल मंगलबार कीर्गिस्तानसँग खेल्ने भएको हो । यस्तै, नेपालले दोस्रो खेल कार्तिक १९ गते घरेलु टोली श्रीलंका र कार्तिक २१ गते माल्दिभ्ससँग खेल्ने छ ।

यही कार्तिक २३ गतेसम्म श्रीलंकाको कोलोम्बोमा आयोजना हुने प्रतियोगितामा नेपालसहित आयोजक श्रीलंका, माल्दिभ्स र कीर्गिस्तानले प्रतिस्पर्धा गर्दैछन् । गत वर्ष माल्दिभ्समा सम्पन्न काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा कीर्गिस्तानले उपाधि जितेको थियो भने नेपालले तेस्रो स्थान हासिल गरेको थियो।

यस पटकको नेपाली टोलीमा ६ जना नयाँ अनुहार सामेल गरिएको छ । गत वर्षको यू–२० टोलीबाट जेनिसा विश्वकर्मा, मिना सुनार, आसिका क्षेत्री, निशा महर, एन्जिला प्रधान र भावना तामाङ टोलीमा सामेल भएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार