असार २३, २०८२ सोमबार July 7, 2025

भारतले अत्याधुनिक मिसाइल हाइपरसोनिकको परीक्षण गर्‍यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अत्याधुनिक मिसाइल हाइपरसोनिकको भारतले सफल परीक्षण गरेको छ । रक्षा मन्त्रालयका अनुसार स्क्रामजेट जेट इन्जिनसहितको हाइपरसोनिक क्रुज ९८ हजार ४ सय २५ फिट उचाईसम्म पुगेको थियो र यसको तिव्रता आवाजको दाँजोमा ६ गुणा बढी छ ।

यसबारे रक्षामन्त्रालयले आफ्नो वेवसाइटमार्फत २४ सेकेन्ड लामो भिडियो पनि रिलिज गरेको साउँथ चाईना मर्निङ पोष्टले जनाएको छ । भारतको रक्षा मन्त्रालयले सोमबार ओडिशा नजिकैको टापूमा यस्तो मिसाइल परीक्षण गरिएको जानकारी दिएको हो ।

आणविक शक्ति रुस र अमेरिकाबीचको हाइपरसोनिक हतियार दौडबारे चिन्ता बढिरहेका बेला भारत पनि यो एलिट समुहमा मिसिएको हो । यसअघि चीनले गत वर्षको अक्टुुबर तथा रुसले डिसेम्बरमा यो हतियार परीक्षण गरेका थिए । अमेरिका, रुस र चीनपछि यस्तो मिसाइल तयार गर्नेभारत चौथो देश हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया